कोभिड बीमा रकम हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाई कोभिड विमाको एक लाख रुपैया हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।


नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

त्यसअवसरमा महासंघ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुवेदी ,ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की, कान्तिपुर हटलाइनका फोटो पत्रकारद्दयको उपस्थित रहेको थियो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरिसकेको छ । बाँकी एकदर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया