प्यारलाइसिस बिरामी मुनालाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

युकेमास्थित फल्कस्टन ब्याण्ड अफ गोर्खाज कार्यरत कृष्ण पाख्रिन तामाङको संयोजकत्व र म्हेन्दोमाया परिवार युकेको प्रतिनिधित्वमा संकलित रकम बिरामी मुना तामाङलाई प्रदान गरेको छ ।

युकेमा कार्यरत सम्पूर्णबाट संकलित रकम २ लाख ७० हजार १ सय ३ रुपैयाँ मंगलबार हस्तान्तरण गरेका हुन् ।


म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राजकिङ तामाङ, म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष तथा म्हेन्दोमाया कलाकार सङ्घका सल्लाहकार एवं वाइबा समाज अध्यक्ष बिगेन्द्रसिंह वाइबा र नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष जयमान वाइबा, नेपाल तामाङ घेदुङ कंचनपुर जिल्ला सचिव लालमान तामाङद्वारा बिरामीको बुवालाई संयुक्तमा रकम हस्तान्तरण गरिएको हो ।

धादिङ खनियाबास गाउँपालिका–२ अक्थलिका मुना तामाङ २०७२ सालको भुकम्पमा परि घाइते भएकी थिइन् । उनी २०७३ सालबाट हल्का घाउ हुँदै गएको र बहिरी चोट नदेखिएकोले छिट्टै उपचार गर्न नपाएपछि बिस्तारै खुट्टा प्यारलाइसिस हुँदै गएको थियो । उपचार गर्दै गएपछि घरको सम्पति सबै सकिएको र उपचार गर्न गाह्रो भएकोले उपचारको लागि उनका बुबा सिंहबहादुर तामाङ अपिल समेत गरेका छन् ।

कार्यक्रममा सचिव युबि मोङ्ग्रेसा, सदस्य फुलमाया तामाङ, सोनि तामाङ, डोल्मा मनाङ्थेन, म्हेन्दोमाया कलाकार संघ रसुवाका अध्यक्ष शिशिर थोकर, तमाङ समाज कतार पूर्वाध्यक्ष तथा म्हेन्दोमाया कलाकार थर्च लामा तामाङ, लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया