बिप्लवको पार्टीमा यौन र पैसाको लफडा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरो इन्चार्ज चिरन पुन (मिलन)ले बनावटी र मिथ्या आरोप लगाएर आफ्नो चरीत्र हत्या गरेको भन्दै केदार खतिवडाले खण्डन गरेका छन् ।

मंसिर १० गते उपत्यका व्युरो इन्चार्ज मिलनले विज्ञप्ति जारी गरेर केदार खतिवडाले गुटबन्दी गरेको, दुश्मनलाई सूचना बेचेको, पार्टीको नाममा चन्दा लिएको जस्ता झुटा र भ्रामक आरोप लगाइ आफ्नो चरीत्र हत्या गर्न खोजेको भन्दै खतिवडाले मिलनलाई आरोपको पुष्टी गर्न चुनौती दिएका छन् । केदार खतिवडाले प्रेस नोट जारी गर्दै आफू जेल परेको बेला साढे चार लाख धरौटी तिर्न नसकेर छ महिना जेल परेको तर मिलनले धरौटीको नाटक गरेको भन्ने कपोकल्पित भ्रम फैलाउन खोजेको बताएका छन् । खतिवडा विगत ३ बर्षदेखी जिम्मेवारविहीन भएर बसेका थिए तर मिलनले उनलाइ गुटबन्दी गरेको हुटिट्याइ आरोप लगएका छन् । पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको मान्छेले गुटबन्दी गरेको भन्ने मिलनको दाबीलाइ पुष्टी गर्ने कुनै आधार नै देखिदैन ।


जुन कुरा सामान्य राजनीतिक ज्ञान भएको मान्छेले पनि सजिलै ठम्याउन सक्छ । तर मिलनको पुर्वाग्रह ले व्युरो इन्चार्जकै पदीय गरिमाको खिल्ली उडाएको छ । त्यस्तै खतिवडा पार्टीको सम्पर्क मै नरहेका मिलनले विज्ञप्तिमा उल्लेख गरेका छन् तर आफ्नै भनाइको आफै खण्डन गर्दै खतिवडा पार्टी नेताहरूलाई सुराकी गरेर पक्राउ गराउने काममा सकृय रहेको भन्ने मिलनका आरोपहरु केपी शर्मा ओलीका टुक्का भन्दा पनि हलुका देखिन्छन । त्यस्तै खतिवडाले पनि मिलनलाई कुन नेतालाई आफुले पक्राउ गराएको हो प्रमाणित गर्न चुनौती दिएका छन् । मिलनले आफ्ना गैरराजनीतिक कर्तुत लुकाउन आफुमाथी मिथ्या आरोप लगाएको खतिवडाले बताएका छन् ।

मिलन माओवादी आन्दोलनप्रति पूर्वाग्रह राख्ने नेता मानिन्छन् । माओवादी आन्दोलन प्रति पुर्वाग्रही भएपनी मिलन आफ्नो राजनीतिक अस्तित्व बचाउन परि थापाको पार्टी परित्याग गरि तत्कालीन बैध्य माओवादीमा प्रवेश गरेका थिए । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाको नारायणी व्युरो हुँदै उपत्यकाको जिम्मेवारी पाएका मिलनले अब माओवादी स्कुलीङले काम नगर्ने भन्दै बेला बेलामा पार्टी विरुद्ध बिष ओगल्ने गरेको विप्लव नेकपा उपत्यका कर्याकर्ताहरु बताउँछन् ।

त्यस्तै मिलन सांस्कृतिक रूपमा बदनाम बनेका छन् । मिलनले नुवाकोटको एक गेस्टहाउसमा पार्टीकै जिम्मेवार महिला नेतृसंग रात बिताएको भन्दै पटक पटक पार्टीको मिटिङ मै कुरा उठेको थियोे । त्यस्तै मिलनले सामना परिवारकि एक कलाकारलाई राजधानीको मैतिदेबीमा कोठा भाडामा राखेको पार्टीमा चर्चा चल्ने गरेको छ । भने उपत्यका आसपासमा सेल्टर लिने गरेका मिलनले एक महिलासग घाममा बसेर तोरीको तेलले मालिस गराइरहेको भिडियो पार्टी पुगेको चर्चा चलेको छ ।

तपाईको प्रतिक्रिया