महासंघको अध्यक्षमा शेखर गोल्छा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५४ औं साधारणसभाले उद्दमी शेखर गोल्छा अध्यक्षमा चयन भएका छन् । उनी १९औं अध्यक्षको रुपमा चयन भएका हुन् ।

उनी नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष समेत भइसकेका छन्। अब उनले आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एशोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया