युनिक दोङको ‘म्हाला आङा’ सार्वजानिक

‘पोडाला च्याङ्बा...’ पनि छिट्टै सार्वजानिक गर्ने तयारी

काठमाण्डौं

तामाङ गीत ‘छामे गोरङ्हा…’, ‘कट्टुला साइज ३६…’ को गायक युनिक दोङको पछिल्लो गीत ‘म्हाला आङा…’ सार्वजानिक भएको छ । यी दुई गीत लगायत ‘टेस्ट लासि च्यागो…’ र दजनौं गीतको गायक दोङको उक्त गीत आफ्नै अफिसियल च्यानलबाट सार्वजानिक गरको छ ।


तामाङ संचारकर्मी सिंग मोक्तानको पहिलो शब्द रहेको डान्सिङ दोहोरी बिडको गीतमा युनिक दोङ र गायिका जितु लोप्चनको स्वर रहेका छन् । गीतलाई संगीतकार विशाल काल्तानको संगीत र जोगलाल लामाले एरेन्ज गरेका छन् । गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेको छ । संचारकर्मी मोक्तानको दोस्रो लेखन `मायाला जोङ…´ बोलको गीत भिडियोसहित यस अघि नै सार्वजनिक गरिसकेको छ ।

दक्षिण कोरियामा बसी दर्जनौ गीत गाइसकेका गायक दोङको यो नयाँ शैलीका दोहोरी डान्सिङ बिडको गीत हो । छोटो समयमै उनको ‘छामे गोरङ्हा…’, ‘कट्टुला साइज ३६…’, ‘टेस्ट लासि च्यागो…’, ‘ङामरिन खाउ मैच्याङ…’, म्हिला खेप्पा सेम निबा…’ लगायत दर्जनौ गीतहरु दर्शकले रुचाएका छन् ।

‘म्हाला आङा…’को छिट्टै भिडियो अफिसियल रुपमा ल्याउने गायक युनिक दोङले बताए । उनले ‘पोडाला च्याङ्बा…’ बोलको नयाँ गीतको रेकर्डिङको काम पनि सकिएको र चाँडै नै दर्शकमाझ सार्वजानिक गर्ने तयारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया