फापारे व्हाइ गायन प्रतियोगिताको बिजेता बने प्रेम घिसिङ र मेलिना योन्जन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तामाङ मौलिक ‘फापारे व्हाइ गायन प्रतियोगिता २०७७’ आइतबार सम्पन्न भएको छ । तामाङ न्हाङखोर र तामाङ डाजाङद्वारा भर्च्युअल माध्यमद्वारा आयोजित प्रतियोगिताको बिजेताहरु प्रथम रामेछापका प्रेम घिसिङ र सिन्धुपाल्चोककी मेलिना योन्जन जोडी भएका छन् ।

त्यस्तै द्वितिय रौतहटका जमदार थिङ र विविमाई स्याङतान जोडी, तृतिय सिन्धुपाल्चोकको विनोद थिङ र कविता थोकर र सन्त्वाना सिन्धुपाल्चोकको श्याम योन्जन र लक्ष्मी गोलेको जोडी भएका छन् ।

बिजेता प्रथमलाई २० हजार रुपैयाँ, द्वितियलाई १४ हजार रुपैयाँ र तृतियलाई १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै सन्त्वानालाई ६ हजार रुपैयाँ प्रदान गरेका छन् ।

प्रतियोगितामा ११ जोडीले भाग लिएका थिए ।

प्रतियोगिताका निर्णायक मण्डलका संयोजक डा. मुक्तसिंह लामा र सदस्यहरु लालबहादुर योन्जन र पासाङ मोक्तान थिए ।

समापन समारोहका प्रमुख अतिथि पूर्वराजदूत डा. गणेश योन्जनले फापारे ह्वाइ (गीत) लाई जगेर्ना गर्नुपर्ने बताए । उनले अर्काे पटकको प्रतियोगितामा अझ बढी सहभागिता गराउन सके यसको संरक्षणमा सहायता पुग्ने बताए ।

निर्णायक संयोजक डा. लामाले पाँच वटा आधारमा निर्णाय गरेको बताए । उनले गायन, गीतको सिलसिला, आलोपालो प्रक्रिया, प्रस्तुती शैली, हाउभाउ र घोइलो (ड्रेस) को आधारमा मूल्यांकन गरिएको बताए । यसैगरी निर्णायकमण्डलका सदस्य योन्जनले फापारे ह्वाइले प्राकृतिक सुन्दरताको आकृति बोकेको बताए ।

न्हाङखोरका अध्यक्ष एवं भाषाविद् अमृत योन्जन तामाङले न्हाङखोरले यस्तै मौलिक गीत, पुस्तकलगायतको प्रकाशन तथा प्रसारण गर्दै आएको बताए । याेन्जनले यो गीतको जति पनि गायन जोडीहरू छन् तिनीहरूको पुस्तकमा प्रकाशन गर्ने जानकारी दिए । फापारे ह्वाइको पुस्तक वि.सं. २०२० तिर प्रकाशन भएको उनले बताए ।


तामाङ डाजाङको पूर्वअध्यक्ष बुद्ध योन्जनले डाजाङले साहित्य सिर्जनाका लागि स्थापनाकालदेखि नै काम गरिरहेको बताए । उनले भने, ‘यो मौलिक गीत लोप हुने अवस्थामा रहेकोले संरक्षण सम्वर्धन गर्नु जरुरी रहेको छ ।’

पुरस्कारको संयोजनमा सन्तविरका नातीले पनि आर्थिक सहयोग गरेका थिए । तामाङ संस्कृतिका मर्मज्ञ सन्तविर लामाको १२४ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगिता एक हप्तासम्म चलेका थियो ।

मौलिक फापारे ह्वाइलाई संरक्षण संबद्र्घन गर्न तामाङ न्हाङखोर र डाजाङले जुन प्रयास गर्याे, त्यो सह्रानीय कार्य हो । जसले समुदायको मौलिकतालाई बचाएको छ ।

तपाईको प्रतिक्रिया