सैलुङ प्राकृतिक रुपमा निर्मित सयवटा थुम्काबाट बनेको छ । महाभारत पर्वतको अग्लो पहाड सैलुङ ३ हजार १ सय ४५ मीटरको उचाइमा अवस्थित छ । यो दोलखा र रामेछाप जिल्लाको संगमस्थल हो ।
सैलुङबाट गौरीशंकर, गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमायलयहरुका मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
विहानीपखको सूर्योदयसँगै प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले यो महत्व बढ्दै गएको छ ।
यसै थुम्काको नामबाट सैलुङ गाउँपालिका नामाकरण गरिएको हो ।
सैलुङको जडिबुटी खाएर हुर्किएको चौँरी सैलुङको अर्काे गहना हो । सैलुङमा पुगेपछि चौरी हेर्न त पाइन्छन नै चौरीको दुधबाट बनेका विभिन्न परिकारहरु खान पनि पाइन्छ ।