रसुवामा राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो दिन १० जनालाई

0 Shares
रसुवा

रसुवामा बुधबारदेखि राष्ट्रिय परिचयपत्र विवरण सुरु गरेको छ भने पहिलो दिन १० जनाले पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीका अनुसार सुरुका दिन बुधवार नागरिक समाजका अध्यक्ष वावुलाल तामाङ, आमाछोदिङमो गाउँपालिका– १ की दावाचिमो तामाङ र जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको विवरण दर्ता गरी परिचयपत्र प्रदान गरिएको छ ।

परिचयपत्रका लागि दुईवटा डेक्स स्थापना गरिएको छ । प्रजिअ भण्डारीले भने, ‘एउटाबाट दैनिक करिव ८० र अर्काेबाट ४० जनाको विवरण दर्ता गर्न सकिनछ ।’ बर्खाभरी कार्यालयबाट र बर्खा सकिएपछि पाँच गाउँपालिकाको २७ वडामा घुम्ति शिविरमार्फत् विवरण संकलन गरिनेछ ।

परिचयपत्रका लागि डिजिटल तस्बिर, दुवै हातका डिजिटल हस्ताक्षर लगायत विवरण उपलब्ध गराउनु पर्नेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया