शहिद पाख्रिनको १८ औं स्मृति दिवस मनायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

शहिद बुद्विमान पाख्रिनको १८ औं स्मृति दिवस मनाएको छ । सोमबार नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजना गरी मनाएका हुन् ।

स्मृति दिवसमा सुचना, संचार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, बागमती प्रदेशका सांसद विशाल खड्का, रचना खड्का पार्टी केन्द्रीय कार्यालयका सचिब इश्वरी रिजाल, ज्येष्ठ नागरिक विभागका सभापति बसन्तराज कार्की लगायत नेताहरुका सहभागी भएका थिए ।

संघीय सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो ।

शहिद पाख्रिनको दोलखामा पनि अाजै स्मृति दिवस मनाएको छ । बुद्विमान  जन्मेको गाउँ जिरी नगरपालिकास्ठित ठुलोपातलमा जेष्ठ नागरिक, एकल महिला, अपांग र दलितहरुलाई जाडोमा न्यानो ज्याकेट प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया