गायक रोमको च्याङ्ना माया यूट्यूवमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायक रोम लामा ब्लेन्देनको मेन्दोमया ‘ च्याङ्ना माया ‘  अर्थात ” थोरै माया ” बोलको गीत सार्वजनिक भएको छ । यूट्यूवबाट सार्वजनिक गरिएको उक्त गीतमा गायिका जितु लोप्चनको समेत आवाज दिएकी छिन् ।

यस गीतका शब्द, लय तथा संगीत विशाल कल्तानको रहेको छ । त्यस्तै संगीत संयोजक दिपेश प्रधानले गरेको छ । गीतको म्युजिक भिडियोमा बज्र न्यासुरको छायांकन तथा सम्पादन देख्न सकिन्छ ।

त्यसैगरी नृत्य निर्देशक अभि लामाले निर्देशन गरेको भिडियोमा अनिता गोले र स्वयं अभिको अभिनय रहेका छन् । हाल साउदी अरेबियालाई कर्मभूमि बनाइरहेका गायक रोम प्रवासबाटै गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । उनले तामाङ सेले, मुलधारका गीतहरुमा आवाज दिइसकेका छन् । ‘ च्याङ्ना माया ‘ अन्य गीतभन्दा फरक धारको रहेको गायक रोमको भनाइ छ । यूवा पुस्ताले यस किसिमका गीत मन पराउने गायक रोमाले दावी समेत गरे ।

तपाईको प्रतिक्रिया