शैलुङमा कोभिड अस्पताल शिलान्यास

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
शैलुङ, दोलखा

दोलखाको शैलुङ गाउँपालिकामा कोभिड अस्पतालको शिलान्यास भएको छ । सोमबार एक कार्यक्रम बीच गाउँपालिकाका प्रमुख भरतप्रसाद दुलालले पाँच शैयाको कोभिड अस्पतालको शिलान्यास गरेका हुन् ।

गाउँपालिका-३ स्थित बागखोर बजारमा अस्पतालको शिलान्यास गरिएको हो । अस्पताल निर्माणपछि यस भेगका जनताले सहज रूपमा कोराेना उपचार सेवा पाउने गापा प्रमुख दुलालले बताए । उनका अनुसार अस्पताल निर्माणका लागि संघीय सरकारले ७० लाख उपलब्ध गराएका छन् ।

गाउँपालिकाका सबै वडाहरुमा हेल्थ पोस्ट रहे पनि कोराेना अस्पताल भने पालिकामै पहिलो बन्न लागेको हाे।

तपाईको प्रतिक्रिया