लाङटाङमा २२ हजार पर्यटक

0 Shares
रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवामा आर्थिक वर्ष ०७५/०७६ मा २२ हजार पर्यटकले भ्रमण गरेका छन् ।

निकुञ्ज कार्यालयको तथ्यांक अनुसार भुकम्प गएको वर्ष ४ हजार २ सय ९२ पर्यटक आएको छ । अघिल्लो वर्ष १७ हजार ५० जना विदेशीले क्षेत्रमा भ्रमण गरेका थिए । ०७५/०७६ मा आन्तरिक तथा बाह्य गरेर २१ हजार ९ सय २७ पर्यटन आएको छ । त्यसमध्ये १६ हजार ३ सय ८६ विदेशी र ५ हजार ५ सय ५९ स्वदेशी पर्यटकले भ्रमण गरेका छन् ।

काठमाडौंबाट नजिकैको निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ । पर्यटनका लागि रसुवा घुम्न आउन तीनवटा पदमार्ग रहेका छन् ।

धुन्चे गोसाईकुन्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, काठमाडौंबाट नुवाकोट हुँदै रसुवाको स्याफ्रुवेशी, गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृद्विम, लाङटाङ, गोसाईकुण्डसम्मका पदमार्गहरू रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया