नेपालको स्याङजा जिल्लाको पर्यटकीय गुरुङ गाउँ दरौ सिरुबारीमा जन्मिएका व्यवसायी तथा सामाजिक अभियन्त दिनेश गुरुङले ग़ैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा चुनाव लड़ने घोषणा गरेका छन् ।
सूर्यदयको देश जापानबाट नेपाल लिनसक्ने अधिकतम सहयोग र देशको विकासमा जापानले विकास गरेको प्राविधिक प्रविधि भित्राउनको लागि उचित वातावरण निर्माण गर्न आपनो नेतूत्वको टिम ग़ैरआवसीया नेपाली संघ जापानमा आउनु पर्ने महशुस गरेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो ।
एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्षमा निर्वचित भएका गुरुङ अहिले आईसीसी सदस्य पदमा क्रियासिल रहेका छन् ।
अध्यक्ष पदकों दावी गरेका गुरुङले जापानमा रहेका सबै नेपालीलांई लक्षितगरी नेपाल हाउस निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुलीई जापान बसाईमा एनआरएन जापानले सहयोगिको भूमिका खेल्ने वातावरणको पूर्वधार निर्माण गर्ने बतांउनु भयो । नेपाल हाउस भित्र नेपालमा लगानी तथा भ्रमणको लागि जाने जापानिजहरुलांई नेपाल सरकारको सहयोगि बनि नेपाल भ्रमण जाने जापानिजलाई नेपालको बारेमा जापानिज भाषामा नै जानकारी दिने व्यवस्था गर्ने ।
त्यसैगरी जापानमा रहेका नेपाली विद्याथीर्हरूलांई गर्न सहयोग डेक्स निर्माण गरी उचित समाधान गर्ने कोशिस गर्ने । त्यसैगरी नेपाल हाउस भित्र जापानमा रहेका नेपालिहरुलांई आवश्यक सहयोग गर्ने सबै पूर्वधार निर्माण गर्ने लक्ष्य रह्को बताउनु भयो ।
जापानमा रहेका नेपालीहरु माझ सहयोगि तथा समय अनुसार ढाल्नसक्ने खुबि भएका गुरुङ सफल व्यवसायी सहित नयाँ नयाँ क्षेत्रमा जोखिम मोल्न सक्ने व्यवसायी मानिन्छन् । तमूधीँ जापानको अध्यक्ष समेत भईसकेका गुरुङ स्याङजा समाज अन्तराष्ट्रीय संमन्वय परिंषदका वर्तमान सरंक्षकको भुमिकामा पनि काम गरिरह्का छन् ।