क्षेत्रिय सहभागितालाई जोड नै मेरो उम्मेदवारी- बिष्णुप्रसाद घिमिरे

राम तामाङ संवाददाता
जापान

यतिखेर जापानको मौसम पनि गर्मिलो छ । मौसमका साथसाथै गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनावको माहोलले पनि जापान तातिरहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा सम्पन्न हुँदैछ । जापानको १४ वटा क्षेत्रीय समितिहरु रहेको जसमा १२ क्षेत्रहरुमा अधिबेशन सम्पन्न भईसकेको छ । अन्य २ क्षेत्र शिजोका र गुन्म केनमा पनि केहि दिनमै अधिबेशन सम्पन्न हुदै छ । अहिले विभिन्न पदमा दाबी गर्ने प्रतिस्पर्धीहरु निर्वाचनको प्रचारप्रसार तथा गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् । कुनै उम्मेदवारी दिएर मैदानमा उत्रेका छन् ,भने कुनै सस्था भन्दा बाहिर भाइटलनै बसेर सस्थालाई सहयोग गर्ने बताउछन । अवसर पाए आफु पनि चुनाबको मैदान आउने बताउछन बिष्णु प्रसाद घिमिरे ,नेपालको चितवन जिल्लामा जन्मेका घिमिरे १५ बर्ष अघि देखि जापानमा संघर्षरत छन् । २००९ बाट (एनआरएनए) जापानमा सदस्य लिएर (एनआरएनए) मा प्रवेश गरेका घिमिरे २०१३ – १५ को कार्यकालमा (एनआरएनए) क्षेत्रीय समन्वय समिति नागोयाको संयोजक समेत भएका थिए । विभिन्न ब्यबसायमा संलग्न घिमिरे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको प्रमुख संरक्षक पनि हुन् । प्रस्तुत छ सैलुङअनलाइनले समसामयिक बिषयमा बिष्णु प्रसाद घिमिरेसंग गरेको कुराकानीको सम्पादित अंश :

आजकल केमा ब्यस्त हुनुहुन्छ ?

आफ्नो दैनिकी काममै ब्यस्त भन्नु पर्यो । आफ्नो छुट्टाछुटै ठाउमा ब्यबसाय भएकोले गर्दा यता उता गर्दा समय बितिरहेको छ ।

के ब्यबसायमा संग्लग्न हुनुहुन्छ तपाइँ ? यसबाट कतिको सफलता पाउनु भयो ?

मेरो पाँच वटा रेष्टुरेन्ट सहित हलाल पसल र रेमिटान्सहरु संचालनमा छन् । जापान आएको करिब १५ बर्ष जति भयो ,अहिले सम्म राम्रै सफलता पाईरहेको छु ।

तपाई गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा आवद्ध हुनुहुन्छ नि ?

हो, सन् २००९ देखि मा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा आवद्ध छु । सदस्य हुदै क्षेत्रीय समन्वय समिति नागोयाको उप–संयोजक र २०१३ – १५ को कार्यकालमा नागोयाको संयोजक भइ काम गरिसकेको छु । लामो समय क्षेत्रीय समितिमा बसेर काम गरिसकेका मैले (एनआरएनए) जापानको सचिब पदमा उम्मेदवारीदिदा आफ्नै नजिकैको मित्रहरुको धोकाले गर्दा झिनो मतले पराजित भएको थिएँ ।

गैर आवासीय नेपाली संघको चुनाव नजिकिदैंछ, यसलाई कसरी लिनुभएको छ ?

चुनाव संघारमा आइसकेको छ । राम्रो हातमा नेतृत्व जानुपर्दछ । चुनावमा कुनै प्रकारका भड्काउने तथा उत्छृखंल गतिविधि नगरी नेपालीको मन जितेर चुनाव जित्नुपर्छ भन्ने मेरो बुझाई छ ।

अबको कार्यकालमा तपाइको पनि उम्मेदवारी छ कि ?

मैले सचिब पदमा पराजित भएपछी अहिले सम्म उम्मेदवारी दिएको थिएन । यसको अर्थ यो होइन कि बिष्णु प्रसाद घिमिरे फेरी मैदानमा उत्रेर परजित हुने डरले मैदानमा आउन चाहदैन भनेर । मा यस्तो समयको पर्खाइमा थियो जुन अहिलेको कार्यकालमा पदिय जिम्मेवारी सहित आउने मनस्थिति बनएको छु । हेरम साथी भाईहरु बाट के कतिको साथ मिल्छ , यो कार्यकालमा मेरो उम्मेदवारी नभएपनि चुनाव सफलतापूर्वक सम्पन्न गर्ने सबैले साथ सहयोग दिनुपर्छ र मेरो पनि यसमा सहयोग रहनेछ ।

यदि चुनाबमा उठीहाल्यो भने तपाईको के-कस्ता प्रतिवद्धताहरु छन् त ?

दिनदिनै जापानमा नेपाली हरुको संख्या बढ्दै गईरहेको छ । त्य्स्सले गर्दा विभिन्न समस्या ,चुनौती र अबसरहरु पनि थपिरहेको छ ,त्यसैले सस्थालाई अझ जिम्मेवार र नेपाली हरु प्रति बिस्वाशनियता बढाउने र सस्थामा उच्चशिक्षा हासिल गरेका , जापानिज सरकारी , निजि तथा अर्धसरकारि निकायमा काम गरेका विज्ञहरुलाई पनि समेटेर लैजाने ,साथसाथै सस्थालाई धनिहरुको सस्था भनेर जुन किसिमको गलत प्रचारलाई आफुले आलोचनात्मक रुपमा आवाज उठाउने ।

सस्था भन्दा बाहिरै बसेर काम गर्न सहज होला त तपईलाई ?

मन हो आफ्नो यदि काम गर्ने सोच छ ,भने काम गर्नको लागि कुनै पदको आवस्यक पर्दैन जस्तो लाग्छ, मलाई । भर्खरै नागोयामा सम्पन्न भएको पहिलो नेपाल फेस्टिवलमा पनि मैले सस्था भन्दा बाहिरनै बसेर उल्लेख्य योगदान गरेको छु । तथापी कुनै पदमा नरहे पनि सस्थाले गरेको कार्यक्रम देश देखि विदेश सम्मको विभिन्न सभा सम्मेलनहरुमा मेरो सहभागी रहदै आएको छ ।

जापानमा एनआरएनको भूमिका कस्तो छ त ?

विगतका कार्यकालमा जापानमा एनआरएनको भूमिका राम्रो थियो । आगामी दिनमा पनि राम्रो हुने आशा गर्दछु । प्रवासमा रहेका नेपालीका समस्या धेरै छन् । यस्ता समस्यामा प्रवासी नेपालीले गुहार्ने भनेको नेपाली नै हो । यसका लागि एनआरएनले राम्रो भूमिका निर्वाह गर्दै आएको छ ।

के कस्ता समस्या छन् प्रवासमा ?

धेरै समस्याहरु छन् । विद्यार्थीहरु ठगिने, काम नपाउने, दुर्घटना, कागजपत्र नमिल्ने, बिरामी हुने, मृत्यु हुने, व्यवसाय गर्नेहरुले कानूनी व्यवधानहरु झेल्नुपर्ने जस्ता विविध किसिमका समस्याहरु छन् । अर्काको देशमा यस्ता समस्या आइपरे भने एकदमै पीडा हुन्छ ।

अब निर्वाचित हुने एनआरएनको नयाँ कार्यसमितिले के कस्ता काम गर्नुपर्ने चुनौति देख्नुहुन्छ ?

मैले समस्याहरु अगाडी नै उल्लेख गरिसकें । यी समस्याहरु निराकरण गर्नु एनआरएनको पहिलो चुनौति हो । त्यसपछि राजनीतिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार, पर्यटनजस्ता क्षेत्रमा काम गर्नु दोस्रो अति आवश्यक चुनौति हो ।

तपाईको बिचारमा कस्तो व्यक्ति आउनु पर्ला ?

संस्था पंजिकृत सदस्यता लिएको भोलिपल्टै निर्णायक पद ताक्ने र निर्वाचित लगतै हराउने जुन संस्कार बसेको छ । यस्ले संस्थाको साख गिराएको छ। विल्कुलै सामाजिक साझा संस्था भएको कारणले पैसा र समय खर्चन सक्ने र परिवार सगं तालमेल मिलाउन सक्ने व्यक्ति मात्र अग्रसर हुनुपर्छ जस्तो लाग्छ मलाई । विभिन्न कार्यक्रममा अथिति बनि व्याच र खादा लगाउने मात्र उद्देश्यले सामेल भइदिदां त्यसले समाज प्रति औंला ठडिन पुग्ने कुरामा सवै समेबेदनशिल हुन जरुरि छ ।

अबको एनआरएन जापानले कस्तो नेतृत्व पाउला ?

सबै दिग्गज र अनुभवी उम्म्देवारहरु हुनुहुन्छ । उहाँहरु लामो समयदेखि जापानमा बस्दै आउनुभएको र एनआरएनमा पनि धेरै समय बिताउनुभएकोले उहाँहरुलाई नेपालीले केकस्ता समस्याहरु भोग्नुपर्छ भन्ने सबै थाहा छ । उहाँहरुले पहिले देखि नै नेपालीहरुका लागि गर्दै आउनुभएको छ । आगामी दिनमा अझ पृथक ढंगले जान सकेमा अझ सहज हुने ठान्दछु म । अबको नेतृत्व अझ बलियो र सक्षम हुन्छ होला भन्ने लाग्छ मलाई ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका