चितवन सेवा समाज साइप्रसले तीज धमाकाको आयोजना गरी तेस्रो वार्षिकोत्सब मनाउने भएको छ ।
समाजले आगामी अगष्ट १८ तारिख आइतबार निकोसियास्थित ट्रीकिस प्यालेसमा कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक प्रकाश सपुत र नवोदित गायक सुरेन ताम्लिंग लिम्बुको सांगीतिक प्रस्तुति हुने समाजले सैलुङ अनलाइनलाई जानकारी दिए ।
अनाथ, विपन्न, पिछडिएका, गरिब तथा जेहन्दार विधार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उदेश्यले वार्षिकोत्सबको अवसर पारेर कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिए ।
स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुतिरहने कार्यक्रममा तीजको दर खाने व्यवस्था गरिएको समाजकी अध्यक्ष कविता भण्डारीले बताइन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1