सडक विस्तारका लागि सार्वजनिक जग्गा छोड्न आग्रह

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

जोरपाटी-सुन्दरीजल सडक खण्डको किनारको सरकारी जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गरेको छ ।

नगरपालिकाले साउन १५ गते सूचना जारी गरी सडकखण्डमा परेको सार्वजनिक जग्गामा बनेका घरटहरा हटाउन निर्देशन दिएको हो ।

जग्गा विवादका कारण लामो समयसम्म जोरपाटी-सुन्दरीजल सडक विस्तार हुन सकिरहेको थिएन । तत्काल सडक मर्मत तथा विस्तार हुन नसक्दा स्थानीयले पटकपटक सडक अवरुद्ध गरी आन्दोलन समेत गरिरहेका छन् ।

सूचनामा सडक खण्डमा पर्ने सार्वजनिक, पर्ति जग्गा अधिकतम २२ मीटरसम्म र अन्य व्यक्तिगत घर बाहेकको सम्पूर्ण संरचना हटाइने र दशैअघि मर्मत कार्य सम्पन्न गरी दशैपछि कालोपत्रे गर्ने बारे सडक विस्तार आयोजना र गोकर्णेश्वर नगरपालिकाबीच सहमति भएको खुलाएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका