नौकुण्डले ट्युसनका लागि बजेट विनियोजित

0 Shares
रसुवा

नौकुण्ड गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा ट्युसन कक्षा संचालन गर्नका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिकाभित्र रहेका ५ वटै माध्यमिक विद्यालयमा ट्युसन कक्षा संचालनका लागि विद्यार्थी संख्याको आधारमा बजेट विनिमयोजन गरिएको अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए ।

प्रति विषय एक बिद्यार्र्थीका लागि मासिक साढे २ सय रूपैया विद्यालयलाई उपलब्ध गराउने उपाध्यक्ष सिर्जना लामाले बताइन् ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले अंग्रेजी, गणित र विज्ञान बिषयको ट्युसन पढ्दै आएका छन् । ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढने खर्च र समय जोगाउन पालिकाले यस्तो निर्णय गरी बजेट विनियोजन गरेको अध्यक्ष घलेले बताए ।

नौकुण्डका निर्कुभुमे, बागेश्वरी, गोसाईकुण्ड, गौतमवुद्व र नारायण माविलाई बजेट व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका