प्रभुको आइपिओमा २ दिनमै मागभन्दा ४ गुणा आवेदन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा २ दिनमा मागभन्दा ४ गुणा आवेदनको परेको छ । मंगलबारसम्ममा ६ लाख ६८ हजार जनाले आवेदन दिइसकेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुई दिनमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन परेको छ ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ३.४४ गुणा बढी आवेदन हो ।


प्रभु लाइफले सोमबार ९मंसिर २९ गते० बाट आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका