राष्ट्रिय गौरवको आयोजना मैलुङ-स्याफ्रुवेशी सडकखण्डको स्तरोन्नतीका लागि अझै टेण्डर हुन सकेको छैन । टेण्डर भएर काम सुरू भई सक्नुपर्नेमा अहिलेसम्म टेन्डर हुन नसकेपछि स्तरोन्नतीको समय लम्बिएको छ ।
नेपाली सेनाले निर्माण गरेको उक्त सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनको काम भने भर्खरै सकिएको छ ।
चालू आर्थिक वर्षको वजेटमा बेत्रावती–स्याफ्रुवेशी शुरूङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको छ । र्थमन्त्री युवराज खतिवडाले सडक आयोजनालाई टेण्डर प्रक्रिया स्थगित नगर्न गत वर्ष निर्देशन दिएका थिए ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले प्रक्रिया अघि बढेको बताए । सडक स्तरन्नति गर्न छिट्टै नै टेन्डर गरेर काम सुरू हुन्छ, प्रमुख भण्डारीले भने ।