प्रिन्सेस वाइन उत्पादित कम्पनीमा पुग्दा…..

प्रिन्सेस भएर अघि बढौं

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

माउण्ट एभरेष्ट वाइनरी उद्योग प्रा.लि.द्वारा उत्पादित प्रिन्सेस वाइन कम्पनीको उपत्यकामा रहेका आर्डी, डिलर, होलसेल र मार्केटिङ एजेन्सीहरुले अवलोकन गरेका छन् ।  बागमती प्रदेशबाट प्रतिनिधित्व गरेर गएका २३ जनाले कम्पनीको अवलोकन गरेका हुन् ।
उनीहरुलाई कम्पनीको संचालक समितिले स्वागतसाथै कम्पनीको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी सोही कम्पनीमा पुगेर बागमतीका आर्डिको संचालक विजय लामाले जुन खालको उद्योग नेपालमा सुरु भएको छ । यो अत्ति नै राम्रो र असल रहेको बताए । उनले भने, ‘आज मैले यो अवलोकन गर्ने अवसर पाएँ । नेपालमै उत्पादन भएको कृषिजन्य थोकहरुलाई कलेक्सन गरेर यस्तो विकट ठाउँमा कम्पनि स्थापना गर्नु, यहाँका स्थानीयहरुलाई रोजगार दिनु, उत्पादित वस्तु विभिन्न सहर–बजारहरु, अन्तर्राष्ट्रिहरुमा पुर्याउनु साथै नेपाल सरकारले दिएको मापदण्ड पूरा गरेर उद्योग संचालन गरि देशको आर्थिक क्षेत्रलाई पनि ठुलो टेवा प¥याईरहेको कुराहरु मैले देखेँ । सायद नेपालमा धेरै उद्योगहरु छन त्यसमध्ये यो उद्योगले जुन उत्पादनहरु गरिरहेको छ यसको भिन्नै पहिचान र वास्तविकता मैले देखेँ र अबको दिनहरुमा हाम्रो पनि साथ सहयोग सम्पूर्ण प्रिन्सेस परिवारलाई भई नै रहनेछ, लामाले भने ।’

धनकुटा राजारानीबाट उत्पादित वाइन सजिलो सप्लायर्स प्रा.लि. ललितपुरले त्यस क्षेत्रमा वितरक बनेको छ । सोही सप्लायर्सका संचालक रामकृष्ण नेपाल भन्छन, ‘किवीबाट उत्पादित प्रिन्सेस वाइन उद्योग अत्ति धेरै सफा र आधुनिक तहका मेसिनहरु र कम्पनीको सिस्टम प्रणालीहरु अत्तिनै राम्रो छ । कम्पनिले यो अवलोकनको मौका दिएकोमा धन्यवाद ।’

यस्तै यमयनयस सप्लायर्स प्रा.लि. थापाथलीका उर्मिला जोशी भन्छिन्, ‘प्रिन्सेस वाइन उद्योगमा अवलोकन गर्दा कच्चा पदार्थ, प्रोसेसिङ र प्रोडक्सनका सम्पूर्ण कुराहरु आफ्नै आँखाले देखेको हुनाले प्रिन्सेस वाइनको उत्पादनमा म शतप्रतिशत विश्वास गर्न सक्ने भएकी छु । धेरै वाइनहरु फ्लेवरमा मात्रै सिमित हुन्छन् तर यो प्रिन्सेस वाइन शुद्घ किवीबाट बनाएको आफ्नै आँखाले देख्ता र यसको स्वादहरु टेष्ट गर्दा अत्तिनै राम्रो लाग्यो ।’

सिल्करुट मल्टीपरपोज प्रा.लि. भक्तपुरका संस्थापक अध्यक्ष बलबहादुर श्रेष्ठले किवी फल आफैमा गुण र फलहरुमध्ये राजा भनेर चिनिने आफ्नै पहिचान बोकेको फल हो । यहि फलद्धार पहिलो पटक नेपालमा प्रिन्सेस वाइन उत्पादन भएको छ । अरुको तुलनामा अत्ति स्वादिष्ट र वाइन पारखीहरुको निम्ति अनन्दमय पनि छ ।

त्यसैगरी यसयसडी सप्लायर्स प्रा.लि.का संचालक सुशिलबिक्रम जोशीले उत्पादित क्षेत्रमा पुगेपछि यति दुर्गम क्षेत्रमा तयार भएको वाइन सुरक्षित प्रकारले सहरहरुमा पुग्नु नै ठुलो कुरा रहेको बताए । उनले भने, ‘कम्पनीको व्यवस्थापक टिम, मार्केटिङ, आर्डि, डिलरसँगै प्रिन्सेस वाइनको उत्पादन स्वाद सबै कुराहरु मिलेको छ ।’ ‘वाइन पारखीहरुले पनि यो प्रिन्सेस वाइनलाई अत्ति मन पराएका छन् । हाम्रो साथ र सहयोग सँधै भरि प्रिन्सेस वाइनलाई हुनेछ, जोशीले भने ।’

दादिङ आरके सप्लायर्स प्रा.लि का संचालक राज कुमार गिरी भन्दछन् प्रिन्सेस वाइनको उत्पादित उद्योग हेर्दाखेरि नेपालमा नै पहिलो चोटि यत्ति ठुलो लगानीमा सुरु भएको पाइयो । सबै आधुनिक मेसिनहरु साथै स्वास्थ्यसँग जोडिएको थोक भएकाले कम्पनी सरसफाइका क्षेत्रहरु अत्ति राम्रो र शतप्रतिशत किवी पेलेर नै उत्पादन गरिएको हेर्ने मौका मिल्यो । ढुक्क भएर किवीबाट बनेको वाइन भनेर बिक्री बितरण गर्न विश्वासिलो वातावरण पनि बनेको छ ।


कम्पनीका रिजनल म्यानेजर भुपालप्रसाद ढकाल भन्छन्, ‘प्रिन्सेस वाइन आफैमा स्वादिलो र वाइन पारखीहरुलाई आनन्दित दिलाउने वाइन हो ।’ अहिले टिमसँग उद्योग अवलोकन गर्ने यो अवसर पाएका छौँ । आउँदो दिनहरुमा सम्पुर्ण प्रिन्सेस परिवार एक भएर सँगसँगै अगाडी बढ्न सहज र सजिलो हुनेछ भन्ने कुरामा म विश्वस्त छु, उनले भने ।

यस्तै अन्य डिलर मार्केटिहरुले पनि सकरात्मक विचार राखेका थिए ।

वाइनरीका प्रबन्ध निर्देश्क बिष्णुकुमार बास्तोलाले स्वागत गर्दै भने, ‘प्रिन्सेस वाइन तपाईँ हाम्रो हातमा थमाईएको छ । एकले अर्कालाई साथ सपोर्ट गर्दै एक असल प्रिन्सेस परिवार भएर सदैव अगाडी बढ्दै जान सकौँ । यहि नै छ हाम्रो चाहना र लक्ष ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका