प्रहरी महानिरीक्षक कप शुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७७’ खेलकुद प्रतियोगिता शुरु भएको छ ।


सो प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रगंशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन हुनेछ । पूटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कूल २७० खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक-एक गरी नौ समूहको सहभागिता छ ।

प्रतियोगिताको आज भएको एथलेटिक्स ८०० मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मंगल थारु प्रथम भएको छ । त्यस्तै महिला एक हजार ५०० मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छिन् ।

 

तपाईको प्रतिक्रिया