शहिदभूमीका गरिव तथा विपन्नलाई सोलार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
धनकुटा

धनकुटाको शहिदभूमी गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिव तथा विपन्न वर्गका ४० घरपरिवारलाई सोलार सिस्टम वितरण गर्ने भएको छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्र्तगत गाउँपालिकाका विद्युत महसुल बुझाउन नसक्ने उल्लेखित संख्याका घरपरिवारलाई सोलार सिस्टम वितरण गरिने गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

यसवर्षको कार्यक्रम अन्तर्गत ५ घरलाई सोलार वितरण गरिएको ६ भने ३५ घरलाई दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार उनीहरूलाई २० वाट क्षामताको पाँचवटा बत्ति बाल्न मिल्ने सोलार सिस्टम वितरण गरिने भएको छ ।

४० घरपरिवारलाईअहिले सोलार वितरण गरिने लक्ष भएपनि वडाबाट थप सिफारिस भएर आए ६७ घरलाई वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । गाउँपालिका क्षेत्रका गरिव तथा विपन्न वर्गका व्यक्ति स्वयंले पनि गाउँपालिकामा सम्पर्क गर्नसक्ने अध्यक्ष राईले बताए ।

यसअघि गत आर्थिक वर्ष २०७६र७७ मा ३५ घरपरिवारलाई सोलार वितरण गरिएको थियो । गाउँपालिकाबाट प्राप्त सर्शत अनुदान ७ लाख र सोही कार्यक्रमका लागि थप गरेको २ लाख वजेट मार्फत सोलार प्यानल खरिद, जडान सहित सुधारिएको चुलो र वायो ग्याँस समेत वितरण गरिने गाउँपालिकाका प्रशासकीय प्रमुख राजकुमार शाक्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया