तीन तहको एकै चरणमा मंसिर पहिलो साता

काठमाडाैं

राजनीतिक दलहरूले मंसिरको पहिलो साता एकैचरणमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदको निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। विभिन्न कारणले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले डाकेको छलफलमा उपस्थित १६ राजनीतिक दलका प्रतिनिधिले तीनवटै तहको एकैचरणमा एकै दिन उपनिर्वाचन गर्न सुझाव दिएका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिरको पहिलो साता स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको रिक्त पदको उपनिर्वाचन गर्न राजनीतिक दलहरूबाट सुझाव प्राप्त भएको जानकारी दिए। ‘राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा हामीले रिक्त भएका पद, स्थान र उपनिर्वाचनको कानुनी व्यवस्थाबारे जानकारी गराएका थियौं,’ प्रमुख आयुक्त थपलियाले नागरिकसँग भने, ‘दलहरूबाट तीनवटै तहमा रिक्त भएका पदमा एकैदिन, एकै चरणमा निर्वाचन गर्न सुझाव प्राप्त भएको छ । याे समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका