यमनमा हुथी विद्रोहीले एक सैनिक परेडमाथि गरेको आक्रमण गर्दा ३२ जनाले ज्यान गुमाएको छ ।
हुथी विद्रोहीले चलाएको टेलिभिजन च्यानलले दक्षिणी तटीय सहर एडनमा भइरहेको परेडलाई लक्षित गरेर क्षेप्यास्त्र र एउटा ड्रोनले हमला गरेको जनाएको छ ।
सो घटनामा एक वरिष्ठ सैनिक कमाण्डर समेत मारिएको बताइको छ । एक प्रत्यक्षदर्शीका अनुसार एउटा सैनिक समूह एउटा शव नजिकै रोइरहेका थिए । जुन शव कमाण्डरको भएको ठानिएको छ ।
विद्रोहीले सहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकार समर्थित फौजले तयारी गरिरहेका बेला सो हमला भएको बताएको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उदृत गर्दै आक्रमणपछि मैदानमा शवहरू छरिएका र सैनिकहरू रोइरहेको देखिएको जनाएको छ ।