खाल्साथुम खुल्ला फुटबल उपाधि साम्बुगाउँलाई

धनकुटा

धनकुटाको शहिदभूमी गाउँपालिकामा भइरहेको प्रथम खाल्साथुम खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि साम्बुगाउँ ए छिन्ताङले हात पारेको छ ।

खाल्साथुम खुल्ला प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा भक्तवोलना स्मृती युवा क्लव बिलाई शन्यूका विरुद्ध १ गोल गर्दै साम्बुगाउँरले जीत हात पारेको हो । साम्बुगाउँले नगद ५० हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता बनेका भक्तवोलना युवा क्लवले नगद २५ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर क्रमशः रापा १२ सुनसरीका बरदान राई, शंकर मगर, मन्जिल राई, घोषित भएको थियो । उत्कृष्ट प्रशिक्षकमा आदेश राई र उत्कृष्ट किपर विशाल राई घोषित भए ।


विजेता समूह र खेलाडीहरुलाई प्रदेश नं १ का प्रदेशसभा सदस्य निरेन राई, शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, २ नं वडाध्यक्ष रत्नबहादुर राई पुरस्कर वितरण गरेका थिए ।

प्रतियोगिता आयोजक खाल्साथुम छिन्ताङ युवा क्लवका अध्यक्ष बसन्त राईको अध्यक्षतामा सञ्चालित प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राईले खेल मैदान स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा १० लाख वजेट प्रदान गरिने बताए ।

कार्यक्रममा नेकपा शहिदभूमीका अध्यक्ष निर बहादुर राई, सचिव मातृका राई, अनेरास्ववियु धनकुटाका अध्यक्ष निरन राई, छिन्ताङ प्रहरी चौकी इन्चार्ज यदु खड्का, लगायत उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया