पशु र कृषिको योजना तथा कार्यक्रम सम्पन्न

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटाको पाख्रीबास नगरपालिकाको पशु सेवा शाखा र कृषि शाखा लागि आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित बजेटको योजना तथा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले विनियोजित ६२ लाख १६ हजार रकमको पशु सेवा र कृषिको विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको हो । जस अन्तर्गत पशुसेवाबाट २० लाख १६ हजार र कृषिबाट ४२ लाख रकमको कार्यक्रम सम्पन्न गरेका हुन् ।

पशु सेवामार्फत नगरपालिकाको १० वटै वडामा रेबिजबिरुद्धको खोप ४ लाख बराबरको लगाइएको पशु शाखा अधिकृत गोरख तामाङले जानकारी दिए ।

त्यसैगरी १० जना कृषकलाई विमित पशुको मृत्यु भएबापत ८ लाख रुपैया वितरण, अण्डा तथा मासुमा आत्मानिर्भर गर्न २ वटा लेयर्स तथा लोकल कुखुरा फार्महरुलाई १ लाख अनुदान, स्वच्छ मासु उत्पादने २ वटा मासु पसल सुधारका लागि १ लाख, बाख्रापालन व्यवसाय सञ्चालन गर्न ४ वटा बाख्रा फार्महरुलाई लाख प्रदान गरेको छ ।

पशु फर्म तथा कृषकहरुलाई निशुल्क रुपमा उन्नत जातका भुई तथा डाले घाँसको विरुवा वितरण, व्यवसायिक पशु फर्महरुलाई ७५ प्रतिशत अनुदानमा ३ वटा घाँस काट्ने मेशिन वितरण, ५ सय २४ वटा गाई तथा भैसीहरुमा कृत्रिम गर्भदान गरी नश्ल सुधार र नगरपालिकाभित्रका पशुसम्बन्धि विभिन्न खालका १३ हजार औषधी निशुल्क वितरण गरिएको अधिकृत तामाङले बताए ।

कृषिसाखामार्फत विनियोनित बजेट ४२ लाखबाट कृषि सम्बन्धि कार्यक्रम तथा योजना सम्पन्न भएको छ । नगरपालिकाको १८ लाख र प्रदेश सरकारको सशर्तबाट प्राप्त २४ लाख गरि ४२ लाख बराबरको विभिन्न कार्यक्रम तथा योजना सम्पन्न गरिएको हो । जस अन्तर्गत साना सिचाई , मिनि टिलर वितरण, प्लाष्टिक टनेल वितरण, मौरीको घार वितरण गरेको छ । यसैगरी खाद्यान्नतर्फ मकै, धान लगायत तरकारी बालीको विउ वितरण, असिना पिडित कृषकलाई राहत गरेका छन् ।
फलफुलतर्फ एवोकार्ड, आँप, लिची, सुन्तला र कागतीको विरुवा वितरण, र सीपमुलक प्राबिधिक तालिमहरु प्रदान गरेको प्रा.सा इन्द्रमाया तामाङले बताइन् ।

आर्थिक वर्ष २०७६÷२०७७ लागि १५ लाख बराबरको विभिन्न योजना तथा कार्यक्रम छनोट भएको अधिकृत तामाङले जानकारी दिए ।

अधिकृत तामाङका अनुसार उक्त बजेटले रेविज रोग नियन्त्रण शिविर सबै वडामा संचालन गरिने, आकास्मिक पशुपंछी उपचार सेवालाई निरन्तरता दिइने, एक वडा एक उत्पादनलाई प्राथमिकता दिई कार्यक्रम अगाडी बढाईने, पशु आहाराको लागि स्रोत स्थापना गरिने, पशुपालन सम्बन्धि गोष्ठी कार्यक्रम गरी चेतनामा वृद्धिलगायत गरिनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका