माथिल्लो त्रिशुली थ्री ‘ए’ ले शुक्रबारबाट दोस्रो युनिटको उत्पादन परिक्षण सुरु गरेको छ । पहिलो युनिटको उत्पादन भएको दुई महिनापछि दोस्रो युनिट परिक्षण सुरु गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । पूर्ण क्षमतामा विधुत उत्पादन गरेर प्नणालिमा जोडि परीक्षण सकिएपछि अवको एक महिनामा आयोजनाले व्यवसायिक उत्पादन सुरू गर्ने बताइएको छ।
परिक्षण उत्पादनको अवधि ७२ घण्टाको हुन्छ । ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत जेठ ३ गते राष्ट्रिय प्रसारणमा जोडिएको थियो । दुवै युनिटबाट उत्पादन ६० मेगावाट बिद्युत राष्ट्रिय प्नशारण लाइनमा जोडियो ।
रसुवामा बाँध र नुवाकोटमा विद्युत गृह रहेको यस आयोजना आर्थिक वर्ष ०७५/०७६ भित्र दुवै युनिटबाट विद्युत उत्पादन गरिने लक्ष्य राखिएको थियो ।
आयोजना प्रमुख जोशिका अनुसार आयोजना पुर्ण रुपमा सञ्चालनमा आएपछि देशभित्र खपत हुने उर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ ।
१३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो ।
२०६८ वैशाखबाट निर्माण सुरु भएको यो आयोजना भुकम्पका कारण करिब २२ महिना निर्माण कार्यमा प्रभावित भएको थियो ।