४ महिनामा १० हजार पर्यटक कैलाश पुग्यो

0 Shares
रसुवा

रसुवागढीको बाटो अपनाएर ४ महिनामा कैलाश मानसरोबर १० हजार २ सय २३ जना पुगेका छन् ।

अध्यागमन कार्यालय रसुवागढीले दिएको जानकारी अनुसार अप्रिल, मे, जुन र जुलाईमा भारतीय नागरिक र अन्य मुलुकका पर्यटक मानसरोबर पुगेका हुन् । यस नाका भएर मानसरोबर पुग्न सस्तो पर्ने भएका कारण चाप बढेको अध्यागमन प्रमुख विष्णु घर्तिले बताए ।

मानसरोवर करिब ६ हजार ७ सय १४ मिटर र परिधि ४३ कि.मि. मा पर्दछ । यस स्थलमा व्यास, भीम, कृष्ण आदीले समेत यात्रा गरेको ठाउँ हो । किम्बदन्ती अनुसार शंकराचार्यले यही प्राण त्यागेका थिए । मेरु सुमेरु सुवुम्ना हेमाद्री देवगण आदी पर्वतले सञ्जित मानसरोवर पर्वत प्राकृतिक छटाको भण्डार हो । यसले गर्दा सिजनमा पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका