कति चेली जिउदै जाले दाइजो गुन्यु मागी,
यही समाजमा छाती फुलाई हिड्छन् बलात्कारी,
यही मुखले न्याय नपाई मर्नुपर्ने भयो,
फुल नभई कोपिलामै झनुपर्याे ।
जिन्दागी कति हो कति
नाचौं कि ननाचौं फुलमती ।
माथिका गीतका हरफहरु गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीज गीत फूलमती चनमती… को अंश हो । गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र सेन्चुरीले साथ दिएका छन् ।
गीतको शब्द नेत्र अर्यालका हुन् भने लय र संगीत खेम सेन्चुरीको हो । चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको छ ।
नजिकिदै आएको तीजलाई लक्षित गरेर बजारमा ल्याएको भिडियोमा शिब विकले निर्देशन गरेको छ।
दुर्गा पौडेलले छायांकन गरिएको भिडियोमा प्रविन भट्टले सम्पादन गरेको छ । चुलोचौका गर्ने महिलाले पनि अब देश बनाउन सकिन्छ, जो महिला राष्ट्रपति समेत बनेको छ, गीतमा भनिएको छ । यो गीत पछिल्लो धेरैले मन पराएका छन् ।