शहिदभूमीमा पशु स्वास्थ्य शिविर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको शहिदभूमी गाउँपालिका-५ का ५ हजार ७ सय २४ पशुचौपायालाई उपचार तथा औषधि वितरण गरिएको छ ।


गापा पशुशाखाको दोश्रो चौमासिक कार्यक्रम अन्तर्गत संचालित एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरमा पशुपंक्षीमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि १ सय ९८ घरधुरी संख्याका पशु चौपायापछि औषधि वितरण गरिएको प्राविधिक नगेन्द्र पौडेलले जानकारी दिए ।

गापा प्रविधिक पौडेलका अनुसार कुखुरा २७ सय, गाईगोरु ३ सय ९६, ब्राख्रा १९ सय ९, भैसी ६४, बंगुर २ सय ९४, परेवा २ सय ४६ र ३ वटा हाँसको लागि आवश्यक औषधि वितरण गरिएका हुन् । उक्त वडाको ४० वटा कुकुरलाई पनि रेविज रोगविरुद्धको सुई लगाएको प्रविधिक पौडेलको भनाइ छ ।

एकदिने शिविरमा वडाध्यक्ष मलसुराम राई, पशु प्राविधिकहरु हरिकुमार राई, वासुदेव बास्कोटा, दीपक राई, लोकमान राई, वडा सदस्य गोविन्द राई गाउँपालिकाका लेखा संयोजक नितेश कुममार यादव लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका