नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको नेपालको भू–उपग्रहलार्इ अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहान २:३१ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।
यसको तौल झण्डै एक किलो रहेको स्याटलाइटलार्इ अमेरिकन एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई अन्तरिक्षमा पठाएको हो । जापानस्थित नेपाली बैज्ञानिक आभास मास्केको संलग्नतामा निर्माण गरेको हो ।
यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ । भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्ने बैज्ञानिक मास्केले बताएको छ । यसको सहायताले नेपालको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्नेछन् । स्याटलाइटबाट प्राप्त ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुने बताएको छ ।
नेपालीस्याट-१ भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेबैज्ञानिक मास्केले अनुमान गरेको छ ।