साउदीमा अन्तर्राष्ट्रिय उडान सुचारु, हिमालयले दमाम र रियादबाट उडान भर्ने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियामा अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । साउदीको आन्तरिक मन्त्रालयले उडानसँगै आइतबार अपराह्न ११ बजेदेखि जमिन, बन्दरगाह र समुद्री बाटो समेत खुलाएको साउदीका छापा तथा अनलाइन मिडियाहरुले लेखिएको छ ।


उक्त पत्रपत्रिकामा बेलायत र दक्षिण अफ्रिका लगायत अन्य देशबाट आएका प्रवासीहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने र साउदी स्वास्थ्य मन्त्रालयको निर्देशनको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । प्रवासीहरुले साउदी आइपुगेको ४८ घन्टाभित्र पीसीआर गर्नुपर्ने छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइन बसेको १३ औं दिनमा पीसीआर गरि रिपोर्ट नेगेटिभ आएपछि कम्पनीमा पठाउने छन् ।

त्यसैगरी साउदी सरकारले अन्तर्राष्ट्रिय उडान सुचारु गरेसँगै हिमालय एयरलाइन्सले दमामबाट दैनिक र रियादबाट सातामा दुई उडान भर्ने भएको छ । यसअघि होटेल क्वारेन्टाइन गराउदै आएका हिमालयले अहिले भने पीसीआर उडान भरिरहेको साउदी मेनेजर सुवास तिमिल्सिनाले बताए । मेनेजर तिमिल्सिनाका अनुसा साउदी सरकारले दुई हप्ताअघि पूर्व सूचना नदिई अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण जनवरी ८ तारीखसम्मका लागि हवाई टिकट उपलब्ध हुनेछैन ।

जनवरी ८ तारिखपछि उडानका लागि हवाई टिकट सहज हुने मेनेजर तिमिल्सिनाको भनाइ छ । उनका अनुसार पीसीआर गर्न २५० देखि ३५० रियालसम्म लाग्न सक्नेछन् । पीसीआर साउदी सरकारद्वारा मान्यता प्राप्त अस्पताल वा मेडिकलमा गर्नुपर्ने मेनेजर तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका