नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ पोखरा सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
पोखरा

नेपाली चलचित्रको पुरानो र निरन्तर रुपमा आयोजना हुँदै आएको बक्स अफिस फिल्म फेयर अवार्ड समारोह पोखरामा सम्पन्न भएको छ ।
कोरोना कहरको बावजुत पनि १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ पोखरा कास्कीमा बक्स अफिस इन्टरनेसनल ग्रुप र पोखराको ईन्फिनिटी रिसोर्टले संयुक्त रुपमा सम्पन्न गरेको हो ।

यो अवार्ड आयोजना रसियाको राजधानी मस्कोमा गर्ने भनेर बक्स अफिस इन्टरनेसनल ग्रुपले सम्पूर्ण तयारी पूरा गरे तापनि कोरोना महामारीका कारण बाध्यताबस नेपालमै गर्नुपरेको संस्थाका अध्यक्ष राम बहादुर सुवेदी ‘आर.के’ ले बताए । प्रदेश नं ४ मुख्य मन्त्री पृथ्वी सुब्बाको प्रमुख आथित्यतामा चलचित्र बिकास बोडका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानको विशिष्ट आथित्यमा सम्पन्न भएको १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा गत बर्ष बक्स अफिस कलेक्सनमा बर्षकै सर्वाधिक सफल चलचित्र छक्का पञ्जा ३ ले बाजी मारेको छ ।

चलचित्र छक्का पञ्जा ३ ले कुल १०५ चलचित्रलाई पछार्दै आफुलाई उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्माता, उत्कृष्ट निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, पटकथा संवाद, सह–नायक र चलचित्र निर्देशन लगायत विभिन्न विधा गरी कुल ४३ विधा मध्ये १२ विधामा कब्जा जमाएको छ । यसै वर्ष सार्वाधिक सफल चलचित्र मानिएको निर्माता सुवाष थापाले निर्माण गरेको चलचित्र प्रसादले ६ विधामा आफुलाई अब्बल देखाएको छ ।
चलचित्र प्रसादले नायक, कथा, संगीत, गायन, गीतकार लगायतका विभिन्न विधामा आफुलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । चलचित्र प्रसादबाट अभिनेता विपिन कार्कीले १०५ चलचित्रका नायकहरुलाई पछार्दै आफुलाई अब्बल अभिनेताका रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी चलचित्र बुलबुलबाट नायिका स्वस्तिमा खड्काले सर्वोत्कृष्ट नायिकाको उपाधी हासिल गरेकी छन् । नेपाली चलचित्रका ख्याती प्राप्त कलाकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ संस्करणमा सर्वोत्कृष्ट बिजेताहरुको नामावली यस प्रकार छ ।

१, सर्वोत्कृष्ट मेकअप : गणेश खड्का, छक्का पञ्जा ३
२, सर्वोत्कृष्ट ड्रेस डिजाइनर : कायरा बुटिक, छक्का पञ्जा ३
३, सर्वोत्कृष्ट साउण्ड : सुनयमान श्रेष्ठ, छक्का पञ्जा ३
४, सर्वोत्कृष्ट मिक्सिङ्ग : सुनयमान श्रेष्ठ
५, सर्वोत्कृष्ट डबिङ्ग : नविन श्रेष्ठ, ए मेरो हजुर ३
६, सर्वोत्कृष्ट गीतकार : गणेश शाही, लै लै, प्रसाद
७, सर्वोत्कृष्ट संगीतकार : सुभाष भुषाल, ले लै, प्रसाद
८, सर्वोत्कृष्ट गायक : डेबिट संकर पोहिलो नम्बरमा छ्क्का पन्जा ३
९, सर्वोत्कृष्ट गायिका : अन्जु पन्त, रहर छ, क्याप्टेन
१०, सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज पोहिलो नम्बरमा छक्का पञ्जा ३।
११, सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : सुक्रराज शाह
१२, सर्वोत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान, छक्का पञ्जा ३
१३, सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल, छक्का पञ्जा ३
१४, सर्वोत्कृष्ट कथा : सुशिल पौडेल, प्रसाद
१५, सर्वोत्कृष्ट पटकथा : दिनेश पौडेल, बुलबल
१७, सर्वोत्कृष्ट संवाद : दिपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, एमन श्रेष्ठ, छक्का पञ्जा ३
१८, सर्वोत्कृष्ट बाल कलाकार : सेइना शर्मा, नाई नभन्नु ल ५
१९, सर्वोत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा ३
२०, सर्वोत्कृष्ट चरित्र अभिनेता : विजय लामा, बोबी
२१, सर्वोत्कृष्ट चरित्र अभिनेत्री : लक्ष्मी गिरी, छक्का पञ्जा ३
२२, सर्वोत्कृष्ट नवनायक : धिरज मगर, इन्टु मिन्टु लण्डनमा
२३, सर्वोत्कृष्ट नवनायिका : सुहाना थापा, ए मेरो हजुर ३४० सर्वोत्कृष्ट खलनायक ः निश्चल बस्नेत, प्रसाद
२४, सर्वोत्कृष्ट सहनायिका : नम्रता सपकोटा समर लभ
२५, सर्वोत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा ३
२६, सर्वोत्कृष्ट नायिका : स्वस्तिमा खड्का, बुलबुल
२६, सर्वोत्कृष्ट नायक : विपिन कार्की, प्रसाद
२७, सर्वोत्कृष्ट नव निर्देशक : रेनसा राई, इन्टु मिन्टु लण्डनमा
२८, सर्वोत्कृष्ट निर्देशक : दिपा श्री निरौला, छक्का पञ्जा ३
२९, सर्वोत्कृष्ट चलचित्र : आमा सरस्वती मुभिज, छक्का पञ्जा ३
३०, विशेष चलचित्र क्याप्टेन ( फुटबल
३१, बर्षको पपुलर अभिनेता : अनमोल के।सी।
३२, पपुलर अभिनेत्री : साम्राज्ञी लक्ष्मी राणा
३३, इन्करेजमेन्ट चलचित्र मिलन चाम्स : बोबी
३४, जुरी अवार्ड दिनेश राउत प्रसाद
३५, क्रिटिक्स दिनेश पौडेल बुलबुल
१२ औँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७
को उत्कृष्ट पाँच मनोनयन आयोजक विधा तर्फ
३६, सर्वोत्कृष्ट प्रोमो डिजाइनर बिपिन मल्ल (छक्का पञ्जा ३
३७, सर्वोत्कृष्ट पोस्टर डिजाइनर साहिल खान ( ए मेरो हजुर ३
३७, सर्वोत्कृष्ट सिनेमा हल नकिम उदिन क्यु एफ एक्स उपत्यका
३८, सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर : सुमन गिरी भान्जा, छक्का पञ्जा ३
३९, सर्वोत्कृष्ट डिजिटल कारोबार : ओम अग्रवाल, ओ।एस।आर।
४०, सर्वोत्कृष्ट स्टुडियो : दिनेश महरा, क्लासिक स्टुडियो
४१, सर्वोत्कृष्ट वितरक : गोविन्द शाही, ए मेरो हजुर ३( उपत्यका
उज्जवल पौडेल, मनोज राठी, छक्का पञ्जा ३( उपत्यका बाहिर
४२, पत्रकारिता पुरुषकार सचित खड्का (रजतपट टेलिभिजन कार्यक्रम । उत्कृष्ट अवार्ड आयोजना कामना अवार्ड ।

तपाईको प्रतिक्रिया