लेखक राजन मुकारुङको पाँचौ कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ शुक्रबार लोकार्पण गरिएको छ । मदन पुरस्कार विजेता तथा सृजनसिल अराजकताका अभियन्ता मुकारुङको यो पाँचौ कविता संग्रह हो ।
मण्डला थिएटरमा विमोचन भएको कृतिमाथि बोल्दै समाजशास्त्री कैलास राईले राजन मुकारुङ संधै सत्ता इतरको आवाज बोकेर अघि बढ्ने लेखक भएको बताइन् ।
कविता, उपन्यास र लेख जहाँ पनि मुकारुङले पहिचान, सँस्कृती र विद्रोही आवाज उठाउने गरेको यज्ञशले बताए ।
नायक दयाहाङ राईले संग्रहका ‘गाउँ’ शीर्षक कविता वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
संग्रहमा अनुरोध, रोटेपिङ, भालेगिद्ध, मुक्त कमैया, धूलो, त्यहाँ, एक खिली चुरोट र एक बट्टा सलाई, माया बिकको चोलो, धनु, डर, हुन नसकेको गीत, भट्टीपसलमा, राजीनामा, नाक, कथा : निरन्तर, माइला लामा, समय , केदाम्बेको आत्मा, गाउँ, आगो, पिल्लर, बाढी, हाटा जाने अघिल्लो रात रहेका छन् । यसैगरी हट केक नायिकाको कन्फेसन्स्, उत्तर-
आधुनिक भानुभक्त, शिल्पी चरो : एक महाकथा, हर्र कविता, गोरो सम्मान, म त उहीँ मान्छे, पानी सुक्यो, ठाडो उकालो, हिँड्दै जाँदा, लहरले भन्छ, हुरुक्कै भएँ, अँधेरी रातको सपनी, त्यही प्रीत हुन्छ, त्यो बाटोको पल्लोपट्टी, छोडिगयो चरीले र एक्लो रुख रहेका छन् ।
धेरै समयपछि कवितामा फर्किएको बताउदै लेखक मुकारुङले भने, ‘त्यसको एउटै मात्र कारण हिजो अधिकार र वर्गको आवाज उठाएर कविता लेख्नेहरू अहिले सत्ताको भजन मण्डली भए । त्यसैले मैले कविता लेख्नु पर्यो ।’
वि.सं. २०३१ सालमा भोजपुरको दिल्पा, नागीमा जन्मेका राजन मुकारुङको उपन्यास ‘दमिनी भिर’ ले २०६९ सालको मदन पुरस्कार जितेका थिए । अर्का उपन्यास ‘हेत्छाकुप्पा’ पनि उत्तिकै चर्चित बनेको थियो ।
लेखक, कलाकार र सांस्कृतिककर्मीहरुको बाक्लो उपस्थिति रहेका थिए ।