दुवै मृगौला फेल भएका उर्मिला तामाङको सहयोगार्थ आयोजना गर्न लागिएको बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
कार्यक्रम छोर्वाला काई रेडियो गेताङले भक्तपुरको सूर्यविनायकस्थित शुभकामना प्यालेसमा शनिबार आयोजना गर्न लागिएकाे हाे ।
रामेछाप दोरम्बा गाउँपालिका- ७, की ३५ वर्षीय उर्मिला २ वर्षदेखि उपचाररत छिन् ।
उर्मिलाकी सहयोगार्थ साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू चन्द्र कुमार दोङ, रोज मोक्तान, इन्द्रीरा गोले लगायत दुई दर्जनले बेजोड प्रस्तुति दिने भएका छन् ।