अबिरल बर्षाका कारण दोलखाको गौरीशंकर गाउँपालिका– १ र २ मा शुक्रबार राती गएको पहिरोले दुई जना बेपत्ता भएको छ भने ३० घर क्षति भएका छन् ।
पहिरोले गाउँपालिकाको झगरे, राजपु, बाजुमु र यार्सामा गरी ३० घर भन्दा बढीमा क्षति पुगेका छन। बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ का ५५ वर्षको जगतबहादुर खत्री र १८ बर्षीय निशान खड्का रहेका छन् ।
काठमाण्डौबाट जुँगु आउदै गरेको यात्रुवाहक बस जुँगु खोलामा फसेपछि उद्धारका लागि आएका खड्का बेपत्ता भएका हुन । प्रहरी र स्थानीयको सक्रियतामा वसका रहेका १७ जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ ।
बेपत्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए। पहिरोमा परी केही सामान्य घाइते भएको छन । तस्विर : इदोलखा
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1