शहिदभूमिमा कारितासद्वारा अनुगमन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको शहिदभूमि गाउँपालिकामा कारितास नेपालले अनुगमन गरेको छ । कारितासले कोरोना भाइरस(कोभिड) बाट प्रभावित विपन्न किसानलाई जीविकोपार्जन वितरण गरेको बीउबिजन, कृषि सामाग्री तथा औजारको घरघरमा पुगेर अनुगमन गरेको हो ।


कातारिसले स्विस सरकारको सहयोगमा गाँउपालिकाका ७ वडाका १८ सय १४ घरधुरीका किसानहरुलाई गत मंसिरमा झन्डै १ करोड बराबरको आर्थिक लागतमा हजारी, स्प्रे, प्याकीङ प्लाष्टिकसहित टमाटर, बन्दा, काउली, साग र धनियाको वीउ वितरण गरिएको थियो । ती सामाग्री तथा बीउबिजनको किसानले उचित सदुपयोग तथा उपयोग गरे वा गरेनन् भनेर अनुगमन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यक्रम कोडिनेटर मीन प्रसाद सुवेदीले बताए ।

अनुगमनमा शहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वरिष्ठ कृषि विशेषज्ञ सूर्य सापकोटा, लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता थियो ।

अनुगमनका क्रममा किसानलाई प्राविधिक ज्ञान तथा तालिमको अभाव भएकोले सोचे जस्तो प्रभावकारी नभएको पर्डेप नेपाल धनकुटाका सचिव नरेश श्रेष्ठले बताए । उनका अनुसार ती सामाग्री तथा बीउबिजन वितरण गर्ने संस्थाले प्राविधिक ज्ञान तथा तालिम समेत कृषकहरुलाई दिन आवश्यक रहेको औंल्याए । अनुगमन अनुगमनका क्रममा किसानहरुले पाएका समाग्रीको उपयोग तथा बीउविजन रोपण गरेर अभ्यास गरेको पाएको अनुगमन टोलिले जनाए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका