छथरजोरपाटीमा बंगुर प्रवर्द्धन कार्यक्रम सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको छथरजोरपाटीले साना बंगुर व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) क्षेत्र विकाससँगको साझेदारीमा बंगुर प्रवद्धन कार्यक्रम सुरु गरेको छ ।

पालिकाको पशु शाखाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक कार्यक्रम अन्तर्गत पकेटसँगको साझेदारीमा संचालन हुने कार्यक्रमका कृषकहरुबाट आवेदन संकलन कार्य गरिएक शाखा प्रमुख राजकुमार राईले जानकारी दिए ।

शाखा प्रमुख राईका अनुसार बंगुर उत्पादन पकेट क्षेत्रका लागि सर्शत अनुदान १० लाख र गाँउपालिकाको १० लाख गरी जम्मा २० लाखको कार्यक्रम सञ्चालन हुने छन् । त्यसैगरी साझेदारीमा बंगुर प्रवद्धन कार्यक्रमका लागि सर्शत अनुदान ९ लाख ९० हजार , र गाँउपालिकाको ९ लाख ९० हजार गरी जम्मा १९ लाख ८० हजार बराबरको कार्यक्रम संचालन हुने पालिका पशु शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका