खोकुमा स्वास्थ्य परिक्षणसँगै ब्ल्याकेट वितरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको शहिदभुमि गाँउपालिका-५ खोकुका जेष्ठ नागरिक, अतिविपन्न तथा पूर्णअपागं भएका ५४ जनाले ब्ल्याकेट पाएका छन् ।

गापाको योजना अनुसार वडाका घरघर पुगेर स्वास्थय परिक्षणसँगै ब्ल्याकेट वितरण गरिएको वडाध्यक्ष माल्सुराम राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार वडाका ८२ वर्षमाथिका जेष्ठ नागरिक, ७० वर्षका दलित जेष्ठ नागरिक, अतिविपन्न घरपरिवार र पूर्णरुपमा अपांगलाई उक्त सामाग्री वितरण गरेका हुन् । घरदैलो कार्यक्रममा गरेर उक्त सामाग्री वितरण गरेको वडाध्यक्षको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका