लक्ष्मी बैंकको नयाँ शाखा भैसेपाटीमा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँको भैसेपाटीमा १११ औँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथ बैंकको संजाल ४८ जिल्लामा १११ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका