नेपाली साझा मंच साउदीको संयोजकमा प्रधान, उपमा गुभाजु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

नेपाली साझा मंच साउदी अरेबियाको समितिको संयोजकमा अक्कल प्रधान चयन भएको छ । भर्चुअल बैठकबाट सम्पन्न समितिको पाँचौ वार्षिकोत्सब कार्यक्रममा प्रधानलाई संयोजकको जिम्मेवारी दिएको हो ।

शुक्रबार भएको उक्त भर्चुअल बैठकले उप संयोजकमा अन्जान गुभाजुलाई चयन गरेको छ । गुभाजु पिटी अनलाइनका संवाददाता समेत हुन् ।

त्यसैगरी रियाद र कलाकार संयोजक नागेश तामाङ, जेद्दा संयोजक टिकाराम पाण्डे, अलखर्च संयोजक सुशिल गुरुङ, अल खोबार संयोजक,भरत पौडेल, अल खुम्रा संयोजक, तेजबहादुर बिक, दमाम संयोजक, डिबी मलामी मगर, हाईल संयोजक, प्रनिशा रिमाल अधिकारी, जुवेल संयोजक, शंकर तामाङ रहेका छन् ।

मंचको सदस्यहरू क्रमशः नरोत्तम अधिकारी, चन्द्र नारायण शाह, विवेक प्रधान, कमल सेढाई, पुण्य प्रसाद घिमिरे र प्रेम बोहरालाई चयन गरेका छन् । त्यस्तै संरक्षकमा कृष्ण पुरी, प्रमुख सल्लाहकार बिष्णु घिमिरे, सल्लाहकार नवराज थापा रहेका छन् ।

कार्यक्रममा मंचका अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठले संस्था स्थापनाका लागि बिशेष भूमिका खेल्ने रामकृष्ण घिमिरे लगायत संस्थापकहरुलाई धन्यवाद दिए । अन्तर्राष्ट्रिय संयोजक श्रेष्ठले नवगठित कार्यसमितिलाई ऐतिहासिक काम गरेर संस्थालाई थप मजबुत बनाउन आग्रह गर्दै शुभकामना दिए ।


निबर्तमान संयोजक बिष्णु घिमिरेले नवगठित समितिलाई शुभकामना दिने क्रममा संस्थाले साउदीमा रहेका नेपाली समुदायमा अलग्गै पहिचान बनाएको बताए । उनले कोरोना कहरमा साथ र सहयोग गर्ने एनआरएनए लगायत साउदीमा सक्रिय संस्थाहरु, व्यक्तिहरु र नेपाली दूतावास परिवारलाई धन्यवाद दिए ।

देशको लागि त केही गरौ भन्ने उद्देश्यले विस २०७२ सालमा स्थापना भएको थियो । हालसम्म कृष्ण पुरी र बिष्णु घिमिरेले दुईदुई कार्यकाल संयोजकका रूपमा सम्हालेका छन् ।

जाति, धर्म, वर्ण, क्षेत्र, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक र लैगिंक विभेदरहित यस संस्थामा देश विदेशमा रहेका सबै नेपालीहरुले सदस्यता लिनसक्ने मंचका संयोजक प्रधानले बताए । उनले संस्थामा आबद्ध भएर सहयोग गर्न समेत सम्पुर्णमा अनुरोध गरे ।

तपाईको प्रतिक्रिया