पीएनसीसी साउदीको सचेतना अबकेकमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
अबकेक, साउदी

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) साउदी अरेबियाले एकदिने सचेतना कार्यक्रम गरेको छ । शुक्रबार पूर्वी क्षेत्रको अबकेकस्थित कार्यरत कामदारहरुको समस्या हल गर्न सहजीकरण गरेको पीएनसीसीका विदेश संयोजक नारायण पासवानले जानकारी दिए ।


संयोजक पासवानका अनुसार कार्यक्रममा सानातिना समस्या र प्रलोभनमा परेर कम्पनी छोड्दा बेहोर्नुपर्ने पीडाका बारेमा सचेत गराएका थिए । त्यस्तै ड्राइभर पेशामा आएका नेपालीहरु बिना लाइसेन्स, ट्राफिक नियम उलंघन, तथा मादक पदर्थ जस्ता कार्य गरेर गाडी चलाउदा धेरै जेल जीवन बिताइरहेका, ब्लडमनी तिर्नुपर्ने कारणहरुका बारे समेत सचेत गराएको संयोजक पासवानले बताए ।

कार्यक्रममा अकामा नभएको पासपोर्ट म्याद समेत सकिन लागेका ७ जना नेपालीहरुको समस्यालाई हल गरेको विदेश संयोजक पासवानले जानकारी दिए । उनका अनुसार ती सातजना नेपाली सूचनाको पहुँचभन्दा टाढा रहेका तरकारी खेती (मजरा)मा कार्यरत थिए । पीएनसीसी साउदीले ती नेपालीहरुको पासपोर्ट नवीकरणका लागि अनलाइन फाराम भर्न सहयोग गरेको संयोजक पासवानको भनाइ थियो ।

पासवान पिएनसीसीको विदेश संयोजकको जिम्मेवारी लिएर साउदी आए यता संस्थाको कार्यमा वृद्धि आएका हुन् । पिएनसीसीले लकडाउन खुलेयता अल कासिम, जुवेल, दमाम, खोबार, हायल, रियाद, जेद्दा लगायतमा हेल्थ तथा हेल्प क्याम्पको आयोजना गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका