शहिदभूमिद्वारा स्वेटर हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
धनकुटा

धनकुटाको शहिदभूमि गाँउपालिकाले विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेको छ । पालिकाले विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तर्गत सोमबार एक कार्यक्रम गरि स्वेटर हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई हिउँदमा चिसोबाट सुरक्षित राख्नका लागि स्वीटर वितरण गरेको गापा अध्यक्ष मनोज राईले बताए । उनका अनुसार गाँउपालिकाको विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७/०७८को ५ लाख रुपैयाँ बजेटबाट १ हजार २ सय ७१ थान स्वेटर खरीद गरी गाँउपालिका ३९ वटा विद्यालयका विद्यार्थीलाई वितरण गरेका हुन् ।

विद्यालयले एक हप्ताभित्र उक्त स्वेटर आफ्ना विद्यार्थीहरुलाई बाँढी सकिन्ने गाँउपालिकाले जनाएको छ । सोमबार कार्यक्रममा छुटेका ४ वटा विद्यालयलाई पनि चाडै स्वेटर हस्तान्तरण गर्ने गाँउपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका