रसुवागढीबाट यसवर्ष न्युन पर्यटक भित्रिए

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

२०२० मा नेपालको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट न्युन पर्यटक नेपाल भित्रिएका छन् ।

कोभिड—१९ का कारण नेपाल भित्रिनै पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रतिवर्ष १० देखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा पाँच सय ३२ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ । नाका सञ्चालन भएदेखि कैै यो कम सङख्या हो ।

पछिल्लो आठ महिनामा नाकाबाट पर्यटक नआएको समेत बताइएको छ । चीनको वुहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गरेको थियो । त्यसयता अहिलेसम्म नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बनेको छ । अहिले नाकाबाट सीमित चिनियाँ सामग्री भित्रिने गरेको भएपनि मान्छेको आवतजावत खुल्ला गरिएको छैन् ।

कार्यालयको तथ्याङक अनुसार नाकाबाट नेपाल भित्रिने तथा चीनतर्फ जाने पर्यटकको सङख्या अहिलेसम्म कै न्युन छ ।

२०२० को जनवरी महिनामा पाँच सय २६ र फेबु्रअरी महिनामा ५ जना नेपाल आएकोमा दुई जना पर्यटक चीनतर्फ गएका थिए । जनवरि महिनामा एक सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका छन् ।

नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकले ल्हासा गोन्जाओबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यट ले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।

रसुवागढी अध्यागमन कार्यालय ले विश्वका १२ वटा देशलाई अन अराइभल भिसा उपलब्ध गराउदै सरकारी र कुटनीतिक राहदानी बाहेक नाइजेरिया, धान, जिम्बाबे, स्विटजरल्यानड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेश स्थित नेपाली दुतावास वा कुटनितिक नियोगबाटै अग्रिम भिसालीई आउनुपर्नेछ ।


रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो । रसुवागढी नाका हुदै आएका पर्यटक सीधै काठमाडौं पोखरा तथा लुम्बिनि जाने गरेका छन् ।नाकाबाट आउने पर्यटक मध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ ।

चीन सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्षमुनि का बालबालिका ले गे्रस भिसा पाउँछन् यसकारण पनि चिनियाँ पर्यटक बढेका थिए ।

२०१६ मा चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका