पत्रकार कल्याण कोषलाई व्यवस्थित ढंगले संचालन गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

नेपाल पत्रकार महासंघ धनकुटाले कल्याण कोष वृद्धि तथा संचालनका लागि बिनिमयका बारेमा छलफल गरेको छ ।


संघले आपत विपत तथा जोखिममा परेका धनकुटाका पत्रकारहरुलाई सहयोग गर्न स्थापना गरिएको पत्रकार कल्याण कोषलाई अझ वृद्धि गरी व्यवस्थित ढंगले संचालन गर्नका लागि बिनियम तयार पारेर आइतबार छलफल गरिएको हो ।

विसं २०६४ सालमा महासंघ धनकुटाका तत्कालीन अध्यक्ष विजय सन्तोषी राईको पालामा स्थापना भएको पत्रकार कल्याण कोषलाई यस वर्षदेखि बिनियम नै बनाएर व्यवस्थित ढंगबाट संचालन गर्न लागिएको महासंघ धनकुटाका सचिव विदुर खवासले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा महासंघ धनकुटका पूर्वाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिवद्धय बलराम दाहाल, हरिबहादुर लम्जेल, कोषाध्यक्ष नारायण कुमार राई, केन्द्रिय पार्षद रमेश चन्द्र अधिकारी, बिनोद घिमिरे, सोभिष चेम्जोङ, प्रदेश पार्षद सन्तवीर लामा, कार्यकारी सदस्यहरु विकास घिमिरे, पूर्ण चौधरी, अजय सन्तोषी राई , पत्रकार इश्वर थापा लगायतले कोषलाई व्यवस्थित र प्रभाकारी रुपमा संचालन गर्नुपर्नेमा दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका