प्रश्न

झापा

नेताज्यूले
‘मुर्दावाद’ भन्दा
बाउ आमाले सुरक्षित हुर्काएको जिउ
गोलीको पर्रामा तेस्र्याएर ‘मुर्दावाद’ भन्ने
बुद्धु बहादुर मै हुँ ।
नेताज्यूले
‘जिन्दावाद’ भन्दा
आफूले दुःखले किनेर लगाईरहेको कपडा
धरधरी च्यातेर ‘जिन्दावाद’ भन्ने
मुर्ख कार्यकर्ता मै हुँ ।
नेताज्यू !
तपाईले
कि त ‘मुर्दावाद’ सिकाउनु भयो
कि त ‘जिन्दावाद’ सिकाउनु भयो
कि त ‘हरामी’ बन्न सिकाउनु भयो
कि त ‘सलामी’ दिन सिकाउनु भयो ।
मुर्खहरुको हुल चढेर
कसरी ?
तपाई सज्जन हुन सक्नु हुन्छ
नेता महोदय !

तपाईको प्रतिक्रिया

पत्रपत्रिका