नेपालमा शोध लेखनको अभ्यास र प्रचलन

काठमाडाैं

शोध लेखन नेपालमा मूलतः स्नातकोत्तर तहदेखि शुरु हुन्छ । त्यसरी एमफील र पिएचडीमा सोध लेखन कार्य गर्ने गरिन्छ । विश्वविद्यालयका विभिन्न विभागहरुद्वारा हुने यो सोध लेखन कार्य अध्ययन र अनुसन्धानको एउटा विशिष्ट क्षेत्र हुन् । अहिले नेपालमा १२ वटा जति विश्वविद्यालयहरु छन् । ती विश्वविद्यालयका विभिन्न विभागहरुले सोध लेखन कार्यको प्राज्ञिक नेतृत्व गरिरहेका छन् । सोध लेखन एक गहन अनुसन्धान, ज्ञान उत्पादन र प्राज्ञिक कार्य हुन् ।

नेपालमा शोध लेखन

हाम्रा विश्वविद्यालयका हरेक विभागहरुले सञ्चालन गरेका सोध लेखनहरु न त शोधार्थीका रुचि र आवश्यकतामा आधारित न त मुलुकका लागि आवश्यक विषयहरुमा गरिन्छ । शाेध लेखन नितान्त यहाँका विभागहरुको र गुरुहरुको कर्मकाण्डीय शीर्षकहरुमा गराइन्छ । गुरुहरुले विद्यार्थीहरुलाई शोध लेखनमा लाद्ने र पेल्ने काम गरिन्छ । कुनै विद्यार्थीले आफना रुचिमा गर्न चाहेमा त्यसलाई सहजीकरण गर्नुको साटो तुरुन्तै अस्वीकार गर्ने परिपाटी विभाग, विभागीय प्रमुख र गुरुहरुमा पाइन्छ । गुरुहरुको त्यस प्रकारको कार्यले विद्यार्थीहरु निरुत्साहित मात्रै हुँदैनन् बरु उनीहरु प्रायजसो निराश हुने गर्दछन् ।

शोधको गुणस्तर

हाम्रा विश्वविद्यालयहरुले गराएका शोधहरु केवल डिग्री दिने माध्यम मात्र बनिरहेका छन् । ट्रान्स्कृप्ट प्राप्ति नै यसको प्रथम र अन्तिम उद्धेश्य हुन्, त्यो बाहेक शोधको अन्य प्रयोजन भएको पाइदैन । शाेध लेखन कार्य विद्यार्थी, सोध निर्देशक र विभागको त्रिपक्षीय सहकार्य भएकोले यो अत्यन्त महत्वपूर्ण कार्य हो ।

दिनहुँ हजारौंको संख्यामा शोध लेखन र बुझाउने काम भईरहेका हुन्छन् । ती शोधहरु कतिको उपयोगी र समाज, राष्ट्रलाई काम लाग्ने हुन् ? यसको बारेमा त्यति विमर्श भएको पाइदैन । त्यसरी विश्वविद्यालयहरुले गराएका शोधहरु केवल डिग्री दिने माध्यम मात्र बनिरहेका छन् । ट्रान्स्कृप्ट प्राप्ति नै यसको प्रथम र अन्तिम उद्धेश्य हुन्, त्यो बाहेक शोधको अन्य प्रयोजन भएको पाइदैन । शाेध लेखन कार्य विद्यार्थी, सोध निर्देशक र विभागको त्रिपक्षीय सहकार्य भएकोले यो अत्यन्त महत्वपूर्ण कार्य हो । चैत्र लागेपछि सोधार्थी र विभागहरु तात्ने कार्यहरु यहाँ विगतदेखि नै चलिरहेका छन् । त्यसैले चैते थेसिसको यहाँ निकै चर्चा हुने गर्दछन् । चैत्र महिनामा जम्माजम्मी पन्ध्र बीसदिनमा लेखिएका शोधहरुको कति पो गुणस्तर हुने त्यो त यसको समयावधि हेर्दै थाहा हुन्छ । मूलतः कपि एण्ड पेस्ट प्रवृत्तिले डेरा जमाएको छ । विभागहरुका आफनै नियमानुसार पचास या सय पूर्णाङ्कको हुने शोध विद्यार्थीहरुले निकै बोझको रुपमा लिने गर्दछन् । अरु सबै विषयहरु शैक्षिक क्यालेण्डर अनुसार गर्न सके पनि एउटा विषयको पूर्णाङ्क बराबरको शोध गर्नलाई विद्यार्थीहरुलाई फलामको चिउरा चपाउनु सरह हुन्छ । दुई, तीन, चार, पाँच वा सो भन्दा बढी समय गुजारेर पनि धेरैजसोले शोध लेखन पूरा नगरेको पाइन्छ ।

त्यसरी विद्यार्थीले समयमा नै शोध लेखन बेलैमा नसक्नुको केही दोषचाहि विभागलाई नै जान्छ । केही अशं सम्बन्धित विद्यार्थी र मूल दोष भने नेपालको शिक्षा प्रणालीमाथि जान्छ । शोध लेखन कार्य विद्यार्थीले स्नातकोत्तर तहमा आएर एकैपटक प्रयास गर्दा हुने होइन । तिनीहरुलाई तल्ला कक्षाहरु र तहहरुबाटै क्रमिक रुपमा तयारी गराउँदै ल्याउनु पर्ने हो । हाम्रा विश्वविद्यालय र शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई केवल पढाउनेको नाममा घोकाउने, रटाउने, भुत्ते बनाउने काम गरिआएको छ । त्यस्तो नगरी उनीहरुलाई रचनात्मक, सिर्जनशील र अनुसन्धानात्मक कसरी बनाउने भन्ने नै पाठ्यक्रम त्यति पाइदैन र शिक्षण गर्ने शिक्षकहरुमा त्यो शिल्प र अभ्यास भएको पाइदैन । त्यसैले एकाएक चैते शोधहरुमा कसरी गुणस्तर हुन सक्ला र !

शोध लेखनको अन्तर्राष्ट्रिय अभ्यास

बाहिरका विश्वविद्यालय र विभागहरुमा अध्ययन, अनुसन्धान र ज्ञान उत्पादनका कार्यहरुलाई निकै महत्वका साथ लिने गर्दछन् । शिक्षकहरु आफै पनि ज्ञान उत्पादनको क्षेत्रहरुमा क्रियाशील भईरहेका हुन्छन्, उनीहरुले वर्षेनि कुनै न कुनै नविन विषयहरुमा अुनसन्धान गरिरहेका हुन्छन् र विभिन्न जर्नल, म्यागजिन र पत्रपत्रिकाहरुमा लेखिरहेका हुन्छन् । हाम्रा विभागका शिक्षकहरु जसले जीवनमै न एउटा लेख लेखेको हुन्छ र न आफ्नो विषयमा अनुसन्धान गरेका हुन्छन् । जेनतेन डिग्री लिइसकेपछि शिक्षण पेशामा लागेका उनीहरुलाई पुनः पढ्नु पर्ने, अनुसन्धान गर्नुु पर्ने र नयाँ नयाँ विषयमा लेख्नु पर्ने आवश्यकता नै पर्दैन । उनीहरुले एकचोटि डिग्री प्राप्त गरिसकेपश्चात् सिक्नै आवश्यक ठानिदैनन् ।

अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा शोध लेखन गर्नु नेपाली विद्यार्थीहरुका लागि पुनः फलामको चिउरा साबित हुन्छ किनकी बानी यही खुस्किसकेका हुन्छन् र जग निर्माण बलियो नहुँदा कठिन हुने नै भयो । तैपनि बाहिर उनीहरुले मेहनत नगरी धरै छैन, कुनै विकल्पै छैन । बाहिरका विश्वविद्यालय र विभागहरुमा अध्ययन, अनुसन्धान र ज्ञान उत्पादनका कार्यहरुलाई निकै महत्वका साथ लिने गर्दछन् । शिक्षकहरु आफै पनि ज्ञान उत्पादनको क्षेत्रहरुमा क्रियाशील भईरहेका हुन्छन्, उनीहरुले वर्षेनि कुनै न कुनै नविन विषयहरुमा अुनसन्धान गरिरहेका हुन्छन् र विभिन्न जर्नल, म्यागजिन र पत्रपत्रिकाहरुमा लेखिरहेका हुन्छन् । हाम्रा विभागका शिक्षकहरु जसले जीवनमै न एउटा लेख लेखेको हुन्छ र न आफ्नो विषयमा अनुसन्धान गरेका हुन्छन् । जेनतेन डिग्री लिइसकेपछि शिक्षण पेशामा लागेका उनीहरुलाई पुनः पढ्नु पर्ने, अनुसन्धान गर्नुु पर्ने र नयाँ नयाँ विषयमा लेख्नु पर्ने आवश्यकता नै पर्दैन । उनीहरुले एकचोटि डिग्री प्राप्त गरिसकेपश्चात् सिक्नै आवश्यक ठानिदैनन् । त्यसरी कुनै जमानामा गरेको डिग्रीको भरमा जयजयकार हुने र उनैको हालीमुहाली हुने भएपछि कसले गरिरहने यस्तो प्राज्ञिक कर्म ! बरु उनीहरुको योग्यताको अर्को पहेली चाहीँ के बनिदिन्छ भने कुन दलको कार्यकर्ता बन्ने र खुरापाती कति गर्न सक्ने यही कुराले निर्धारण गर्दछ । त्यस्ता शिक्षकहरुले गराउने शोध लेखन कतिको गुणस्तरीय हुन सक्ला ? सजिलै अनमान गर्न सकिन्छ ।

शोध लेखनलाई बाहिरका विभागहरुमा निकै गम्भीरता र महत्वका साथ हेरिन्छ । शोधार्थीले जुन शीर्षक र विषयमा शोध लेखेको हो, त्यही विषयमा नै उनको क्यारियर निर्माण हुने भएकोले शोधार्थीको रुचिलाई पहिलो प्राथमिकतामा राख्ने गरिन्छ । अर्को, महत्वपूर्ण कुरा त त्यहाँको सरकार, विभिन्न सघंसस्थाहरुलाई विभिन्न विषयमा विज्ञता, परामर्श र प्राज्ञिक मार्गदर्शनको आवश्यकता नीति निर्माणदेखि दैनानुदिनका कार्यहरुमा आवश्यक पर्ने भएकोले सरकार आफैँले विश्वविद्यालयका विभागहरुलाई यो यो विषयमा शोध गरियोस् भनी सूची बुझाएको हुन्छ । विभागहरुले पनि ती विषयहरुमा गहिरो शोध गराईदिन्छ । सोध गरेवापत सरकारले शोधार्थी र विभागलाई सहयोगस्वरुप निश्चित रकम समेत उपलब्ध गराउने चलन छ । सरकार, विभिन्न सघंसस्थाहरुको अनुरोधमा गरिएको शोधका आधारमा तिनीहरुले आफ्नो नीति निर्माण गर्दछन् र जसले सोध गरेको हो, त्यो विद्यार्थीलाई आफ्नो संस्थामा विज्ञ व्यक्तिको रुपमा नियुक्ति दिएर राख्छन् । त्यसो हुँदा राष्ट्रको आवश्यकता, सम्बन्धित शोधार्थीलाई पनि रोजगारीको अवसर र विभागले उत्पादन गरेको आधिकारिक र वैधानिक ज्ञानले समेत उचित स्थान र सम्मान प्राप्त गर्दछन् । समाज र राष्ट्रका लागि पनि उपयोगी हुने नै भो । बाहिरका सरकारले कुनै विषयमा नीतिगत निर्णय गर्न अगावै आफ्ना विश्वविद्यालयलाई त्यस बारेमा गहिरो अध्ययन र अनुसन्धान गर्न लगाउँछन् । त्यो अनुसन्धानको आधारमा सरकार निर्देशित हुन्छ र आवश्यक नीतिनिर्माण र निर्णय गर्ने परिपाटीले गर्दा शोधलाई हाम्रोमा जस्तो चानचुने मानिदैन ।

शोध लेखनको अनुभव


नेपालमा धेरैजसो शोध लेखन गर्ने कार्य उपलब्धिमूलक भएको पाइदैन । गुरुकुलीय अधिनमा रहेर शोध हुने भएकोले त्यसको सामाजिक, राष्ट्रिय उपयोगिताको पक्ष साह्रै न्यून हुने गर्दछ । शोध लेखनको क्रममा शिक्षकहरुले आफ्नो झोँक विद्यार्थीहरुमा पोखाउने गरेको थुप्रै उदाहरणहरु छन् । निजामति कर्मचारी वा प्रशासक र नेता बन्न नपाएको झोँकमा (शायद) विद्यार्थीमाथि शासन गर्ने मौकाको रुपमा शोध लेखन र निर्देशनलाई लिने गरेको छ । अझ कतिपय विद्यार्थीहरुलाई शोषण गर्ने, दुहुने, सास्ती खेपाउने समेत गर्दछन् । केही वर्ष अगाडिको घटना हो मेरो एकजना मित्रले बागबजारमा भेट्दा आफ्नो शोधकार्य सफल भएको जनाउ दिए । चिया खाँदै गर्दा उनी आफ्नो शोध निर्देशकलाई गाँउबाट ल्याएको केही जिन्सी, खाद्य पदार्थहरु लिएर जाने र केही रकम समेत बुझाउन त्रिविको नेपाली विभागका शिक्षकको निवासमा जान थालेकाले फुर्सद भए सँगै जाउ भन्दै थिए । अर्को, मेरा थुप्रै साथीहरुको के गुनासो छ भने शोध गर्दा कम्तिमा छ महिना एकदुई वर्ष लाग्छ । वौद्धिक, आर्थिकलगायत अन्य सबै लगानीको प्रतिफलमा शोध कार्य पूरा गरिन्छ । त्यसपछि विभागले स्वीकृत गरिदिएपछि डिग्री हासिल हुन्छ तर हाम्रो शोधको कुनै र कतै उपयोगिता नै हुँदैन । त्यो शोध गरेको विषयमा उनलाई न सरकारका कुनै निकायले वा संस्थाले डाक्ने गर्दछन् । केवल यो कर्मकाण्डी नै भएकोमा दुखी छन् । मेरा स्वयं अनुभव पनि त्यस्तै छ । स्नातकोत्तर मानविकी अग्रेंजीमा शोध लेखन कार्य सकेको यतिका वर्षमा पनि मेरा शोधको प्रमाणपत्र लिनु बाहेक के उपयोगिता रह्यो र ! तैविसेक मैले आफ्नो रुचि र रोजाइमा ‘प्लुटोक्रेसी इन दि एप्पल कार्ट’मा गरेको थिएँ, जुन जर्ज बर्नाड शाःको विश्वप्रख्यात नाटकमा आधारित छ । मेरा प्रायः साथीहरुले शिक्षकले शीर्षक लादेको र आफ्नो अरुचिमा गर्नु परेको विवशता सुनाउथे । अहिले त्यो शोध केही काममा प्रयोग नभएको देख्दा पश्चाताप लागेको बताउने गर्छन् ।

अन्तमा

हाम्रा विश्वविद्यालयहरु र यसका विभागहरु अब समयानुकुल परिमार्जित र सुधार हुन आवश्यक छ । विभागहरुबाट दिनहुँ हजारौ संख्यामा हुने शोध लेखन कार्य र परियोजनालाई समाज र राष्ट्रलाई कसरी उपयोगी बनाउने ? त्यस विषयमा घोत्लिन जरुरी छ । सरकारले पनि राज्य सञ्चालन गर्दा आइपरेका कठिनाईहरु, राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा विश्वविद्यालयहरुलाई अनुसन्धान गर्न र अध्ययन गर्न शोध परियोजनाको जिम्मेवारी दिन आवश्यक छ । त्यसरी ज्ञान निर्माण र उत्पादनमा हाम्रै आफ्नै विश्वविद्यालयहरुलाई सरकारले भरपर्दो संस्थाको रुपमा लिनु पर्दछ । हाम्रा आफनै प्राज्ञिक संस्था र विज्ञले गरेका अध्ययन, अनुसन्धानको कसीमा समाज र राष्ट्रलाई खाँचो पर्ने विषयहरुमा शोध लेखन कार्यलाई केन्द्रित गराउन सकेमा सरकारले आफ्ना लक्ष्यहरु हासिल गर्न सजिलो होला । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोक्ने सरकारले त्यसलाई प्राप्त गर्न के-के गर्नु पर्छ ? र त्यो कसरी हासिल गर्न सकिन्छ ? यस विषयमा व्यापक शोधकार्य गर्न सकिन्छ । विश्वविद्यालयहरुले यसबारेमा गरिने शोधकार्यको आधारमा सरकारले नीति तथा कार्यक्रम तय गर्न सकिन्छ । अन्यथा, अहिलेसम्म भइरहेको ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको नाश’ भने जस्तो मात्र हुने छ

तपाईको प्रतिक्रिया

पत्रपत्रिका