भालुको आक्रमणबाट एक महिला घाइते, ४ बाख्रा मारिए

0 Shares
रसुवा

जिल्लाको आमाछोदिङमो गाउँपालिका– १ लुम्वाडाँडामा भालुको आक्रमणले एक जना घाइते भएका छन् । आइतबार गोठमा बाख्रालाई भालुले आक्रमण गरेको देखेपछि धपाउने क्रममा मिना तामाङलार्इ अाक्रमण गरेको प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए ।

गोठमा जाँदा स्थानीय मिना तामाङलाई आक्रमण गरेका हुन् । घाइतेलाई उपचारको लागि काठमाडौं लागिएको प्रहरी प्रवक्त एवं प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

आक्रमणबाट ४ वटा बाख्रा मारिएका छन् भने तामाङको पखुरामा चिथोरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका