सर्लाहीमा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाईते

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

सर्लाहीका विभिन्न स्थानामा शनिबार भएको सवारी दुर्घटनामा एब बालिकाको मृत्यु भएको छ । भने, ५ जना घाइते भएका छन् । कविलासी नगरपालिका–७, सिर्सियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा रामशिलाकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बीआर ३० भी ७१८७ नम्वरको मोटरसाइकललाई नम्वर नखुलेको ट्याक्टर ठक्कर दिएको थियो । घाइते दासलाई उपचारका लागि वीरगञ्जतर्फ लाने क्रममा बाराको सीमा पुय्राउँदा मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, भवानीपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाईते भएका छन् । मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–३, का ३० वर्षीय विगु महतो, साइकलमा सवार सोही ठाउँका ५० वर्षीय किशोर राय र साइकल पछाडि सवार किशोरका नाती १२ वर्षीय श्याम राय घाईते भएका हुन् ।

यसैगरी ना २ ह ४१५२ नम्वरको टेम्पुले विपरीत दिशाबाट आउँदै गरेको ना ६ त २०७ नम्वरको ट्याकटरलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा चन्द्रनगर गाउँपालिका–६, कामद बस्ने ४० वर्षीया सावित्री देवी मुखिया र पूजा मुखिया घाईते भएका प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका