अरुण- ३ को प्रगतिबारे उर्जामन्त्रीको पुनको चासो

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

भारतीय सरकारको लगानीमा निर्माणाधिन अरुण– ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएको हो ।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समयसीमाभित्र नै अरुण- ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘सरकार र उर्जामन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामिले मिलाएका छौ । तपाईहरुले समयभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामिलाई छ ।’ मन्त्री पुनले भेटमा भने ।

एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत परियोजना समयसिमा भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाए । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए ।

धिमानले टनेलको १२ प्रतिशत काम सहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए । भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चांसो राखेको थियो ।

कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीको वारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागी ईच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए ।

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको थिए ।

आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया